» » तमलोपाले आज गृहमन्त्रीलाई भेट्ने

फाइल फोटो

काठमाडौ असोज ७ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी भएको घटनामा प्रहरीले चासो नलिएको भन्दै सो पार्टीले आज गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

भदौ २४ गते साँझ अध्यक्ष महन्थ ठाकुर आफै घरमा नभएका बेला अज्ञात समूहले लुटपाट गरी छोरी डा.मिनाक्षी झामाथि खकुरी प्रहार गरेर घाइते बनाएको थियो ।

घाइते मिनाक्षिलाई सोही दिन गृहमन्त्री निधि स्वयं आफै हेर्न आउनु भएको थियो । तर आजसम्म त्यो घटनाको छानविन गरेको छैन । अज्ञात समूहलाई समात्न सकेको छैन । त्यसै विषयमा
ध्यानाकर्षण गराउन गृहमन्त्री निधिलाई भेट्न लागेको पार्टीका  सह प्रवक्ता कृष्ण सिहले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..