» » बसको ठक्करले मोटरसाइल चालकको मृत्यु


मनिष गुप्ता
कपिलवस्तु भदौ २४  गते । कपिलबस्तु  जिल्लाको शिवराज न।पा १ रेञ्जर पोष्ट नजिकै बिहिवार राती लगभग नौ बजे बसले मोटर साइकल लाई ठक्कर दिंदा चालक १ जनाको मृत्यु भएको छ भने एक जना पैदल यात्रुको अवस्था गम्भीर रहेको छ ।

पश्चिम बाट पूर्व आउदै गरेको रा ३ प ९५४५ नम्वरको मोटरसाइकल र सोही दिशाबाट आउदै गरेको पैदल यात्रुलाई बिपरीत दिशाबाट जादै गरको लु १ ख ७२८३ नम्वरको वसले ठक्कर दिँदा मोटरसाइकल चालक दाङ ललमटिया बस्ने बर्ष २६ को प्रेम नेपालीको उपचारको लागि सञ्जीबनी अस्पातलमा लादै गर्दा बाटोमा मृत्यु भएको छ र घाइते हुनेमा शिवपुर निवासी ४० बर्षीया नख्खु थारु रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवालले जानकारी दिनु भएको छ ।

घाइतेको टाउको र खुट्टामा गम्भीर चोट लागेकोले उपचारका लागि बुटवल पठाइएको छ ।

मृतक नेपालीको पोष्टमार्टम का लागि शिवराज अस्पातल बहादुरगंजमा लगिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..