» » भोली मधेशी मोर्चाको बैठक, सबै दल उपस्थित हुनेमा आशंका

काठमाडौ असोज ९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक भोली १ बजे तमलोपाको पार्टी कार्यालयमा बस्ने भएको छ ।
तमलोपाका पार्टी सहप्रवक्ता कृष्ण सिहका अनुसार सविधान संशोधन अगामी कार्यक्रम तथा आन्दोलनको विषयमा छलफल हुने गरि बैठक बस्न लागेको हो ।
यद्यपी मोर्चामा चिरा परेका कारणले सबैजना बैठकमा उपस्थित हुने नहुने कुरामा आशंका रहेको बताइएको छ ।

मोर्चामा रहेका सात दलमध्ये उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल, महेन्द्र यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टी र शरतसिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी एकातिर छन् भने अर्कोतिर महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी रहेको छ ।
असोज तीन गते कालो दिवस कार्यक्रम यी दुई समूहले छुट्टा छुट्टै कार्यक्रमहरु गरेका छन् । त्यसपछि बस्न लागेको यो बैठकमा उपेन्द्र यादव समूहका दलहरु आउने नआउने कन्फर्म नभएको बताइएको छ ।
यस विषयमा राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले बैठकको बारेमा जानकारी आएको त हो तर जाने कि नजाने विषयमा छलफल नभएको बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..