» » १३ विद्यार्थी संगठनको ज्ञापनपत्र प्रधानमन्त्रीलाई


काठमाडौ भदौ २७ गते । १३ विद्यार्थी संगठनले आज प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक हकका रुपमा राख्न माग गर्दै बुझाएको ज्ञापनपत्रमा विद्यालय शिक्षालाई पूर्ण निशुल्क बनाउनु पर्ने माग गरेको विद्यार्थी नेता कपलेश्वर यादवले जानकारी गराउनु भयो ।
सटिफिकेटका आधारमा विद्यार्थीले ऋण दिने विषयलाई व्यवस्थित गर्दै त्यसको कार्यविधि बनाउन माग गरेको छ ।

प्रत्येक प्रदेशमा एक मेडिकल कलेज र प्रत्येक जिल्लामा एक आगिक कलेज स्थापना गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको बताइएको छ ।

विद्यार्थी नेता यादवले शिक्षामा आरक्षणको व्यवस्था गर्न जोडदार माग गरेको छ । साथै १३ विद्यार्थी संगठनका विद्यार्थी तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रालाई सम्मान गरेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..