» » राजेन्द्र महतोले प्रचण्डलाई भन्नुभयो, तपाईको हालत ओली जस्तै नहोस्


काठमाडौ भदौ २८ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री प्रचण्डलाई केपी ओलीको जस्तो दासा नहोस् भनि सचेत गराउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष महतोले मधेशवादी दलसँग भएको सम्झौता कार्यान्वयन गर्नुस् नभए ओलीको जस्तो अवस्था हुने चेतावनी दिनु भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको सहमति कार्यान्वयन गर्न किन ढिलाई भएको पनि उहाँले प्रश्न गर्नुभएको थियो । उहाँले भारत भ्रमणमा जानु भन्दा पहिले नै सविधान संशोधनको प्रस्ताव संसदमा लैजाने भन्नु भएको तर पर्सी जाँदै हुनुहुन्छ तर त्यसको केही तयार छैन भनि जिज्ञासा राख्दा प्रधानमन्त्री प्रचण्डले छलफलका लागि मधेशी मोर्चाका नेतालाई बोलाएको र त्यसमा कुराकानी हुने प्रतिकृया दिएको महतोले बताउनुभयो ।

जिल्ला सम्पर्क मञ्चहरु गठन गर्नका लागि पार्टीद्धारा आज आयोजित कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष महतोले दलहरुले विश्वास गुमाइसकेकाले मधेशीले आफ्नो अधिकार लडेर नै लिने बताउनुभयो । काँग्रेस र माओवादी केन्द्रले तीन बुँदेमा हस्ताक्षर गरेमध्ये तीन नम्बरको बुँदा कार्यान्वयनमा आइसकेको छ तर दुई र एक नम्बरमा ढिला सुस्ती गरिरहेको आरोप उहाँले लगाउनुभयो ।

दुई नम्बर बुँदाको केही काम भएपनि एक नम्बर बुँदामा कुनै गृह कार्यसमेत नभएको उल्लेख गर्दै उहाँले सविधान संशोधनलगायत मधेशको माग पूरा गर्नमा भारत भ्रमणको कुनै कनेक्सन नरहेको बताउनुभयो । भारत भ्रमणमा जानु अघि वा पछि माग पूरा गर्नु त्यो त प्रधानमन्त्री प्रचण्डको काम हो तर आफूहरुको माग जसरी पनि चाँडो पूरा हुनुपर्छ भनि धारणा राख्नुभयो ।

सद्भावना पार्टीले आज विभिन्न जिल्लाका सम्पर्क मञ्च गठन गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..