» » डा.रामकेवल साहले छाडे काठमाडौ

गोरखापत्रका उपसम्पादक सुरेशकुमार यादव र डा.रामकेवल साह

काठमाडौ भदौ २६ गते । डा.रामकेवल साह काठमाडौ छाड्ने भएका छन् । अर्थोपेडिकका डाक्टर साह काठमाडौमा काम नपाएर वा कुनै अप्ठ्यारोका कारण छाड्न लागेका होइन । उहाँको बुझाईमा रामकेवलको आवश्यकता काठमाडौमा होइन, मधेशमा छ ।

उहाँले आज विहानै सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, रामकेवल साह जस्ता डाक्टर काठमाडौमा सैयो छन् तर मधेशमा छैन । मधेशमा मेरो आवश्यकता छ ।

अर्थोपेडिकमा नाम चलेका डाक्टरमध्येका डा. साह पनि हुनुहुन्छ । काठमाडौमा मात्र होइन, देश विदेशबाट पनि उहाँको राम्रो डिमाण्ड छ । काठमाडौमा हुँदासम्म भ्याई नभ्याई हुन्छ । काठमाडौमा सुविधा सम्पन्न आफ्नै घर पनि छ ।

तर ती सबै छाडेर जनकपुर बस्न रुचाउनु भएको छ । उहाँले जनकपुरमै आर्थोपेडिक अस्पताल खोलेका छन् । हुन त यसअघि पनि उहाँले जनकपुरमा क्लिनिक सञ्चालन गर्नुभएको थियो तर काठमाडौ र जनकपुरमा उहाँले आसमान जमिनको फरक देख्नुभयो ।

मधेशी जनता साह्रै निराश छन् यो राज्यप्रति, मधेशी नेतामाथि विश्वास गर्दैनन्, मेधशी बुद्धिजिवी पत्रकारमाथि विश्वास गर्दैनन् । एउटा सानो भन्दा सानो कामका लागि उहाँले धेरै पीडा सहनु परेका हुन्छन् । नस्वास्थ्य संस्थाको अवस्था राम्रो छ नशैक्षिक संस्थाको अवस्था राम्रो छ जता हेरियो त्यतै लथालिगं यस अवस्थामा मधेशी जनतालाई आशा र भरोसा दिने व्यक्ति चाहिन्छ, उहाँले भन्नुभयो, काठमाडौमा बसेर ठूला ठूला कुरा गर्न सजिलो छ, पत्रिकामा लेखेर कुरा छाट्न सजिलो तर जनतामा गएर व्यवहारमा उतार्न गाह्रो छ त्यसैले मैले यो सब सोचेर नै काठमाडौ छाड्न लागेको हुँ ।

उहाँले भन्नुभयो, मलाई पैसाको पनि लोभ छैन, नकुनै पदको लोभ छ अब मधेशमा मधेशी जनताको सेवा गर्ने नै मेरो इच्छा भएका कारणले मैले जानेका बुझेका स्तरबाट सेवा गर्नेछु ।

मधेशबाट काठमाडौलाई हेर्छु भने त्यसको अगाडिमा काठमाडौ केही होइन, जति आनन्द यहाँ हुन्छ त्यो आनन्द काठमाडौमा छैन । उहाँले भन्नुभयो, दिनमा मैले सैयो विरामीसँग भेटछु, उपचार गर्छु तर जे आनन्द मलाई यहाँ प्राप्त भएको छ त्यो त्यहाँ छैन । त्यहाँ पानी खान पाइदैन, स्वास लिन पाइदैन, खुल्ला रुपमा हिडडुल गर्न पाइदैन, कहि अपनत्व पाइदैन भने त्यहाँ बसेर के काम ।

अब उहाँ गेस्टको रुपमा मात्र काठमाडौ आउनु हुन्छ । कुनै कार्यक्रम वा केही विशेष भएपछि मात्र काठमाडौ आउनु हुन्छ नभए पुरै समय जनकपुरमा  नै विताउनु हुन्छ । उहाँ अतरखेलको मेडिकल कलेज  तथा कान्तिपुर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

आधुनिक युगसँगै मानिसको रहनसहन र उच्च शिक्षाका लागि गाउँबाट शहर सरिरहेका छन् त्यसमा पनि धेरैले राजधानीलाई नै पहिलो च्वाईस बनाएका हुन्छन् । यस हिसाबले ग्रामिण क्षेत्रका शहरबजार खाली खाली देखिन्छन् हुनेखाने सबै राजधानीमा बस्न चाहन्छ तर रामकेवल साहले गरेको निर्णयलाई सबैतिरबाट सह्रानीय भनिरहेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..