» » कपटपूर्ण संविधान कार्यान्वयन नहुने

काठमाडौं, असोज ३ गते । नेपालको वर्तमान संविधान “थ्री इडियट्स” बनाएको कपटपूर्ण संविधान कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने मधेशी तथा आदिवासी जनजाति कानून व्यवसायी संघ (मिला) ले जनाएको छ ।

तीनजना नेताले बन्द कोठाभित्र आफ्ना लागि मात्र नेपालको संविधान भनेर घोषणा गरेको आरोप लगाएका छन् ।

मिलाले सोमबार मधेश मिडिया हाउसमा आयोजना गरेको “नेपालको कपटपूर्ण संविधानको एक वर्ष” विषयक छलफल कार्यक्रममा मधेशी तथा आदिवासी जनजाति कानून व्यवसायीहरुले यो संविधान कहीं नभएको कठोर संविधान रहेको बताएका छन् ।

कार्यक्रममा वक्ताहरुले यो असंवैधानिक संविधान रहेको बताएका छन् । मधेशका नेताहरुले मुद्दालाई मुद्रामा परिणत गरेको आरोपसमेत कानून व्यवसायीहरुले लगाएका छन् ।

असोज ३ गते सरकारले संविधान दिवसको रुपमा मनाउने घोषणा गरेको छ भने मधेशी आदिवासी जनजातिहरुले कालो दिवस भनेर मनाउँदैछन् । कार्यक्रममा वक्ताहरुले मधेशमा लाश जलिरहँदा काठमाडौंमा दीपावली मनाइरहेको प्रति आक्रोश व्यक्त गरेका छन् ।

कार्यक्रममा कानून व्यवसायीहरु मनोहर साह, चेत आले, शान्ति राई, विकास ठाकुर, धिरेन्द्र ठाकुर, दीपक राई, सुनिल पटेल, मधुर पाठक र प्राध्यापक उपेन्द्र यादवलगायतले मन्तव्य राखेका थिए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..