» » वाम नेता चौधरीको योगदानको स्मरण


काठमाडौँ, भदौ २९ गते । नेपालको राजनीतिक विकास क्रममा राजनीतिज्ञ प्रभुनारायण चौधरीले पु¥याएको महत्वपूर्ण योगदानको स्मरण गरिएको छ ।

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले उहाँको सातौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सहभागीले चौधरी कम्युनिस्ट आन्दोलनका नेता तथा सामाजिक सुधारका अगुवा भएको विचार व्यक्त गरेका हुन् ।

एनेकपा (माओवादी) का नेता दीनानाथ शर्माले उत्पीडित वर्ग, समुदाय तथा सर्वहारा वर्गका नेताका रुपमा चौधरीलाई आफूले बुझेको बताउँदै उहाँको चिन्तनले मुलुकमा सामाजिक न्याय तथा समानतामूलक समाज निर्माणमा योगदान गरेको स्मरण गर्नुभयो ।

सांसद जितेन्द्रदेवले लगनशील स्वभावका चौधरीले सम्पन्न परिवारमा जन्मेर पनि अन्याय अत्याचारका विरुद्ध सङ्घर्ष गर्नुभएको विचार व्यक्त गर्दै उहाँ सबैका लागि निष्ठा र आदर्शको प्रेरणाको स्रोत भएको बताउनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष शान्ता चोधरीले देश र जनतालाई स्वतन्त्र र सम्पन्न बनाउनका लागि स्वर्गीय चौधरीले लोकतन्त्रको स्थापना गर्नुपर्ने विचार फैलाउँदै निरंकुश शासनका विरुद्ध जनमत सिर्जना गर्नुभएको स्मरण गर्नुभयो ।

विसं १९९९ मा सुनसरीको बकलौरी गाविसमा जन्मनुभएका चौधरीले नेकपा संयुक्त माक्र्सवादीका संस्थापक अध्यक्ष भई जिम्मेवारी बहन गर्नुभएको थियो ।

विसं २०२५ मा झोरा आन्दोलनको नेतृत्व गर्दै जेल पर्नुभएका चौधरी पटक–पटक गरी १७ वर्ष जेल बस्नुभएको थियो । कानुनमा स्नातक चौधरी विसं २०१५ देखि नेपाल कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएको थियो ।

उहाँको स्मरणमा आज एभिन्युज टेलिभिजनका क्यामेरामेन किशोर चौधरी, गायिका उमा शाह लगायतलाई सम्मान गरिएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..