» » एक लाख मधेशी युवालाई रोजगारीको बारेमा कुरा गर्न प्रचण्डलाई राजेन्द्र महतोको सुझाव


काठमाडौ भदौ २४ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आसन्न भारत भ्रमणलाई राजनीतिक भेटघाटमा मात्र सिमित नराख्न सुझाव दिनु भएको छ ।

सिंहदरबारमा आज दिउँसो भएको भेटघाटमा दुबै नेताबीच संविधान संशोधन र प्रधानमन्त्रीको भारत भ्रमणमा कुराकानी  केन्द्रित रहेको पार्टीले जनाएको  छ । सदभावना अध्यक्ष महतोले भारत भ्रमणलाई राजनीतिक भेटघाट भन्दा पनि नेपालमा निवेश बढाउने र युवाहरुको लागि रोजगारको अवसरलाई बृद्धिका लागि कुरा गर्न सुझाव दिनुभयो ।

यस भेटघाटबारे जानकारी दिँदै महतोले भन्नुभयो, मधेशको एक लाख युवालाई रोजगारीको अवसर जुटाई दिने एजेण्डालाई भ्रमणको एजेण्डा बनाई दिन मैले सुझाव दिएको हूँ.’ भारत सरकारको अति महत्वाकांक्षी योजना स्किल डेवलपमेंट प्रोग्रामसंग नेपाललाई खास गरि मधेशको युवालाई जोड्ने सुझाव दिएको छु ।

नेपालमा रोजगारीको अवसर नभएको हुनाले प्रत्येक वर्ष लाखौ युवाहरु खाड़ी लगायत अन्य मुलुकमा गई काम गर्न बाध्य भएको कुरा स्मरण गराउँदै सदभावना अध्यक्ष महतोले नेपालका युवाहरुलाई प्रत्येक क्षेत्रमा दक्ष बनाई देशमा स्वरोजगारी बढाउन र विदेश जांदा पनि दक्ष कामदारको रुपमा गए अनेक दुःख र कष्टबाट जोगिन सक्ने सुझाव दिनुभएको छ ।

महतोले स्किल डेभेलपमेंट योजनालाई द्विपक्षीय वार्ताको एजेण्डा बनाउन माँग गर्दै भारत सरकारसँग तकनिकी सहयोगको समझौतामा दुबै देश बीच हस्ताक्षर हुने माहौल बनाई दिन माग गरेका छन । उहाँले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित परियोजनालाई पूरा गर्नुको साथै यो पÞmरक खाले समझौतामा नेपाल सरकारको तर्फबाट प्राथमिकताका साथ राख्ने माग गर्नु भयो ।

एक लाख युवालाई दक्ष बनाउनका लागि ३ अर्ब ५० करोड़ रुपैया लाग्ने र त्यसको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला दिएको एक मिलियन डलरबाट उपयोग गर्नु पर्ने सुझाव समेत आफूले प्रधानमन्त्री प्रचण्डलाई दिएको उहाँले बताउनुभयो ।

उहाँले ७० प्रतिशत राजश्व आउने र राष्ट्रको ६० प्रतिशत जीडीपीको योगदान पनि तराई मधेशबाट हुने भएकोले सरकारले मधेशको युवाको स्वरोजगारीको लागि रकम खर्च गर्दा समेत सरकारी धुकुटीमा २ अरब रुपैया वार्षिक थप्ने दाबी गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..