» » कक्षा १२ को परीक्षाफल सार्वजनिक


भक्तपुर, भदौ २७ गते । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।

नतिजामा नियमिततर्फ एक लाख ७५ हजार ५९३ जना परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ जना परीक्षार्थी उतीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी, आंशिकतर्फ एक लाख २३ हजार १८१ जना परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७६३ जना परीक्षार्थी उतीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत र आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत परीक्षार्थी उतीर्ण भएका हुन् ।

परीक्षा उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख २० गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते हुने पनि उहाँले जानकारी दिनुभयो । नतिजा थाहा पाउन मोबाइलमा एचएसइबी टाइप गरेर ३५५६६ मा एसएमएस गर्न सकिनेछ । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..