» » उपेन्द्र यादव बेलायत प्रस्थान


काठमाडौँ, असोज ६ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज बेलायत प्रस्थान गर्नुभएको छ ।

नेप्लिज फेडरल सोसाइटीका दोस्रो महाधिवेशनको उद्घाटनका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

सेप्टेम्बर २३ र २४ गते हुन लागेको महाधिवेशनको प्रमुख अतिथिका रुपमा अध्यक्ष यादव सो कार्यक्रममा प्रस्थान गर्नुभएको हो । सो कार्यक्रमपछि उहाँ बेल्जियम, पोर्चुगल समेत जाने कार्यक्रम रहेको पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष यादवको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष श्रेष्ठले नै अध्यक्ष पद सम्हाल्नुहुनेछ । यादव दुई सातापछि स्वदेश फर्कने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..