» » सीमा क्षेत्रमाको तनाब कम गर्न दुई देशबीच सद्भाव बैठक



कञ्चनपुर, भदौ २८ गते । कञ्चनपुरको दोधाराचाँदनी–१० कुतियाकभर क्षेत्रमा नेपाल र भारतका नागरिकबीचको एक सातादेखिको तनाव हटाउन आज सद्भाव बैठकको आयोजना गरिएको छ ।
सीमावर्ती क्षेत्रमा सदियौँदेखि रहँदै आएको आपसी सद्भावलाई कायम गरी अगामी दिनमा त्यस्ता प्रकारका घटना हुन गर्न नदिन नेपालतर्पmका राजनीतिक दल, नागरिक समाज र पीडित व्यक्ति तथा भारततर्पm बङ्गाली कलौनीका प्रधान विमल गोल्दा, भारतीय थाना रामनगरका थानेदार रहमद साहको उपस्थितिमा सद्भाव बैठक आयोजना गरिएको हो ।

दशगजा क्षेत्रमा बसेको द्विपक्षीय स्थानीय नागरिकको भेलाले नेपाल प्रहरीले कारबाही अगाडि बढाएको सन्दर्भमा कानुनबमोजिम कारबाही गर्न सहयोग पु¥याउने, सोही घटनापश्चात तुलबहादुर सुनारलगायतलाई कुटपिट गरेकामा उपचारमा सहयोग पु¥याउने, कुटपिट गर्ने भारतीय व्यक्तिको पहिचान गरी भारतीय प्रहरीले कानुनबमोजिम कारबाही गर्ने सहमति भएको इप्रका दोधाराका प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताउनुभयो ।

“यसै घटनालाई लिएर स्थानीय नागरिकबीच कुनै वैमनस्यता नराखी सीमामा सद्भाव कायम राख्ने सहमतिसमेत भएको छ” उहाँले भन्नुभयो ।

सीमावर्ती क्षेत्रमा भएको तनावलाई व्यवस्थित गर्न एवम् अगामी दिनमा यस्ता घटना हुन गर्न नदिनेतर्पm भारत पिलिभितका एसपी मुनीराजसँग टेलीफोनमा संवाद गरी स्थितिलाई सहज बनाउने सहमति भएको प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले बताउनुभयो ।

कुतियाकभरमा भदौ २१ गते भारतीय नागरिक सरद रायले नेपाली महिलासँग यौन दुव्र्यवहार गरेपछि उनका आफन्तका नाउमा मुद्दा दर्ता गरेको विषयलाई लिएर केही दिनदेखि सीमा क्षेत्रमा तनाव सिर्जना भएको थियो ।

भारतीय क्षेत्रको बङ्गाली कलौनीतर्फका छ÷सात जना नेपालतर्फ आई नेपालीमाथि कुटपिट गरेपछि सीमा क्षेत्रमा झनै तनाव देखिएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..