» » पूर्व गृहमन्त्री घिमिरेसहित सातजना सवार गाडी दुर्घटना , तीनको मृत्यु

काठमाडौ असोज ९ गते । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । तीनैजाना दाजु भाइ रहेको स्रोतले जनाएको छ । घिमिरेको आमा चैतन्य घिमिरेको पनि मृत्यु भएको भने चालक विष्णु राई घाइते भएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले रहेका छन् ।

उहाँका अनुसार घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । मुक्तिनाथ दर्शन गरि पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नंको स्करपियो गाडी दुर्घटनामा परेको हो ।

घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदैछ भने घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रजिअ सिंहले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..