» » ‘मलाई गर्व छ कालो अनुहारको गोरो मनप्रति’


काठमाडौ भदौ २३ गते । नेकपा एमालेका नेता शंकर पोखरेलले दिनुभएको अभिव्यक्ति अझै सेलाएको छैन । उहाँको अभिव्यक्तिमा तराई मधेशबाट निकै आलोचनाहरु आइरहेका छन् । यसै बीच आज राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारीले पनि नेता पोखरेलको सो अभिव्यक्ति प्रति टिप्पणी गर्नुभएको छ ।

नेता पोखरेलले भदौ २१ गते आफ्नो ट्वीटरमा मधेशी जनता कालो अनुहार भएको सन्दर्भ जोडेर असोज ३ गते कालो दिवसको बारेमा लेखेका थिए ।

यो कुरा लिएर पोखरेलको निकै आलोचना भएको छ । अध्यक्ष भण्डारीले कालो अनुहार भएकोमा आफूलाई गर्व लागेको उल्लेख गर्दै गोरो अनुहारको कालो मनप्रति धिक्कार छ भनि टिप्पणी गर्नुभयो ।
नेता पोखरेलले गरेको टिप्प्णीले मधेशी जनताले अपमानित महसुस गरेको पनि उल्लेख गर्दै उहाँले पोखरेलको अभिव्यक्ति खेदजनक रहेको टिप्पणी गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..