» » मधेशी समाजले काठमाडौमा यसरी मनाउँदैछन् कालो दिवस


काठमाडौ भदौ २८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेसँगै काठमाडौमा बस्ने मधेशी समाजले पनि सो दिन काठमाडौ उपत्यकामा कालो दिवस मनाउने निर्णय गरेको छ ।

आज मधेशी समुदायका विभिन्न तप्काका व्यक्तिको उपस्थितिमा त्यस्तो निर्णय गरेको हो । कालो दिवस किन ? भनि शीर्षकमा असोज २ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने स्वराज अभियानका अभियन्ता काशिन्द्र यादवले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आज मधेशका प्रध्यापक, पत्रकार, वकिल, राजनीतिक दलका नेता, बुद्धिजिवी, नागरिक समाजका अगुवा, अभियन्ताहरुको उपस्थितिमा असोज ३ गतेको दिनलाई कालो दिवसका रुपमा मनाउने निर्णय भएको छ । गतसाल असोज ३ गते सविधान जारी भएको थियो, जुन मधेशी जनताको हित विपरित थियो । त्यसैको विरोधमा कालो दिवस मनाउन लागेको हो ।

मधेशी समाज तथा त्यसका अगुवाहरुले असोज तीन गते कालोपट्टी बाँधी माइतीघरमा प्रदर्शन गर्नुको साथै विरोधका अन्य कार्यक्रमहरु पनि गर्ने जनाएको छ ।

असोज २, ३ र ४ गते सरकारले सविधान दिवस मनाउने तयारी गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..