» » पूर्वराष्ट्रपछि डा.यादव आज अमेरिका जाँदै


काठमाडौं असोज २ गते । पूर्वराष्ट्रपति रामवरण यादव उपचारका लागि आज अमेरिका जाने भएका छन् । पूर्वराष्ट्रपतिको सचिवालयले शनिबार विज्ञप्ति जारी गरी चिकित्सकले प्रोस्टेट ट्युमर (क्यान्सर) लाई जतिसक्दो चाँडो सुरक्षित रूपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार यादव अमेरिका प्रस्थान गर्ने जनाएको छ ।

अघिल्लो महिना भारतमा स्वास्थ्य परीक्षण गराउँदा उनको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो ।

विज्ञप्तिअनुसार अमेरिकाको हेनरी फोर्ड अस्पतालमा यादवको आगामी असोज १० मा ट्युमरको शल्यक्रियाका लागि समय लिइएको छ ।

सचिवालयले सबै नेपालीको कामनाले यादव चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने उल्लेख गरेको छ ।

पूर्वराष्ट्रपति यादवले उपचारका लगि आर्थिक एवं प्रशासनिक सहयोग गरेकामा नेपाल सरकारलाई धन्यवादसमेत दिएका छन् ।

मन्त्रिपरिषदले यादवको अमेरिकामा लाग्ने उपचार खर्च बेहोर्ने निर्णय गरिसकेको छ । सरकारले यादव र उनका तीन सहयोगीको आउजाउ र होटलमा बस्ने खर्चसमेत बेहोर्ने भएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..