» » महन्थ ठाकुरको छोरीमाथि खुकुरी प्रहार

मिनाक्षि झा

काठमाडौं भदौ २४ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको छोरी मिनाक्षी झामाथि अज्ञात समुहले शुक्रबार साँझ सांघातिक आक्रमण गरेका छन् ।

साँझ ७ बजेतिर महन्थ ठाकुरको भक्तपुरको सानोठीमीस्थित निवासभित्रै पसेर करीब ५ जनाको संख्यामा रहेका अज्ञात समुहले मिनाक्षीको आँखामा खुर्सानीको धुलो छर्किँदै खुकुरी प्रहार गरेको पारिवारिक स्रोतले जनाएको छ ।

खुकरी प्रहारबाट मिनाक्षीको टाउको र हातमा गम्भीर चोट लागेको छ भने उनको राजधानीको वानेश्वरस्थित एभरेष्ट अस्पतालमा भर्ना गरिएको थियो । टाउकोमा चोट लागेको कारण एमआरआइका लागि ग्रयाण्डी अस्पताल लगिएको थियो ।

अस्पताल स्रोतका अनुसार मिनाक्षीको अवस्था खतरामुक्त रहेको छ ।

पारिवारिक स्रोतका अनुसार सो समुहले आक्रमणपछि घरभित्र रहेको एउटा सुटकेस लुटेर भागेका छन् । जुन सुटकेशभित्र अध्यक्ष महन्थ ठाकुरको नगद र महत्वपूर्ण कागजपत्र हुने गर्छन् ।

प्रहरीले आक्रमणपछि सुटकेस पनि लिएर गएकाले मिनाक्षीमाथि आक्रमण गर्नेहरु लुटेराको समुह हुन सक्ने भन्दै खोजीकार्य तीब्र पारेको जनाएको छ ।

घटना हुँदा ठाकुर भने प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा छलफलमा हुनुहुन्थ्यो । सुटकेश लिएर भागेपछि छोरी मिनाक्षिले आफै आफ्ना बुवा ठाकुरलाई फोन गरेका थिए । प्रचण्डसँगको छलफलमा रहेका उहाँका बुवाको मोवाइल सत्येन्द्र मिश्रा बोकेका थिए । सत्येन्द्र मिश्राले जानकारी पाउने वित्तिकै अध्यक्ष ठाकुरलाई लिएर बानेश्वरस्थित एभरेष्ट अस्पतालमा पुग्नुभएको थियो । प्रचण्ड निवासबाट निस्कदा साथमा गृहमन्त्री विमलेन्द्र निधि पनि अस्पताल आउनु भएको थियो ।

गृहमन्त्री विमलेन्द्र निधि अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनु भएको छ र घटनाको गम्भीर अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी अधिकारीलाई निर्देशन समेत दिनु भएको छ । घटनास्थल महानगरीय प्रहरी प्रमुख सवेन्द्रनाथ खनाल पुग्नु भएको थिायो ।

घाइते मिनाक्षी पूर्वमन्त्री उमाकान्त झाकी बु्रहारी हुनुहुन्छ । साथै मिनाक्षि पेसाले डाक्टर हुनुहुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..