» » रहमतुल्लाविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौँ, भदौ १७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गर्ने शिक्षक मोहम्मद रहमतुल्लाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक योग्यता र अध्यापन अनुमतिपत्र पेस गरेको आयोगको ठहर गरेको छ ।

छानबिनमा शिक्षक रहमतुल्लाको पेस गरेको प्रमाणपत्र नक्कली ठहरिएकाले सजाय माग दाबी गरी आयोगले आरोपपत्र दायर गरेको जनाइएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..