» » मृत शिशुको रुपमा जन्मेको नयाँ सविधान–सिके लाल


काठमाडौ असोज ३ गते । काठमाडौँको माइतिघर, मण्डेलामा शहिदहरु को रगतले रक्त रन्जित संविधान पुर्ण रुपमा अस्विकार गर्न र बहुसंख्यक जनताको पहिचान सहितको संविधान स्थापित गर्न असोज ३ गते कालो दिवस मनाएको छ ।

विभिन्न सांकेतिक प्रदर्शनद्वारा सरकार पक्षलाइ प्रष्टरुपमा संदेश दिन सफल भएको दावी गर्दै मधेशी समाजले विभेदित, उपेक्क्षित र शोषित जनता वर्गको अधिकार संविधान सुनिश्चित विना यो हत्यारा संविधान स्वीकार नगरिने बताएका छन् ।

मधेशी समाजद्वारा आयोजित विरोध कार्यक्रममा मार्मिक ढंगले कालो बुद्ध, मधेश आन्दोलनमा शहीद भएका वीरहरुको सम्झनामा लाश प्रदर्शन तथा संवेदनहीन सरकारको विलक्षण आकृति प्रदर्शन गरिएको थियो ।

मो. रियाज साफीको अगुवाईमा गरिएको सांकेतिक लाश प्रदर्शनले सबैको ध्यान आकर्षण गर्न सफल भएका थियो।

राजनीतिक विश्लेषक सिके लालले यो संविधानको विरुद्धमा शोक दिवस मनाउन खाँचो नरहेको बताउंदै मृत शिसुको रुपमा यो संविधानको जन्म भएको हो तसर्थ मुर्दाको शोक मनाउनु पर्ने कुनै आवश्यकता छैन भन्नु भयो । उहाँले यो मृत संविधान धेरै दिन नटिक्ने घोषणा पनि गर्नु भयो।

मधेशी बुद्धिजीवी सीताराम अग्रहरीले मधेश मौन जस्तो देखिए पनि मृत छैन भन्ने आशयको वीर रशक कविताहरु सुनाउनु भयो।

यसै क्रममा सामाजिक अभियन्ता र अधिकारकर्मी सरोज राय देशको एकता र अखण्डतामा खलल नपर्ने गरि सम्पूर्ण विभेदित जनताको मांग सम्बोधन गरि देशलाई शान्ति र विकाशको बाटोमा यताशिघ्र लागनुपर्ने विचार राख्नु भयो। साथै उंहा देशको हरेक नागरिकलाई समान अधिकार र आत्मसम्मानको बोध हुने संविधानको कल्पना गर्नु भयो।

मधेशी समाजबाट सामाजिक अभियन्ता काशिन्द्र यादवले जाँहा नेता र नेतृत्वहरु असफल भई रहेका हुन्छन त्यंहा आचार्यहरुको भूमिका प्रारम्भ हुन्छ भन्नुभयो । उहाँले सिकेलाल जस्ता बुद्धिजीवीहरुले मधेशमा नया नेतृत्वको विकाश गर्न आचार्यको भूमिका निर्वाह गर्नुपर्छ बताउनु भयो।

अधिवक्ता विकाश ठाकुरले संचालन गर्नु भएको कार्यक्रमको समापन्न गर्दै मधेशी समाजका संयोजक आनन्द गुप्ताले युवाहरु अघि बढ्न तयार छन्, आचार्यहरु पनि तयार हुनुपर्ने भन्नु भयो।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..