» » आरक्षण कार्यान्वयन गराउन कपलेश्वरको दवाव


काठमाडौ १८ गते । संयुक्त विद्यार्थी संगठनको बैठकले निर्धारित समयमा चुनाव गर्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको संगठनको बैठकपछि लोकतान्त्रिक विद्यार्थी फोरमका केन्द्रिय अध्यक्ष कपलेश्वर यादवले संयुक्त विद्यार्थी संगठनमा सम्मिलित कार्यादल गठन गरेर निर्धारित मितिमै स्वविय्रू निर्वाचन प्रणालीको विषयमा छलफल गरी साझा एजेण्डा तय गर्नुपर्ने बताउनुभयो ।

परिवर्तनको आत्मसात हुने गरि चुनाव हुनुपर्ने उल्लेख गर्दै उहाँले स्ववियू निर्वाचनमा आ–आफ्ना संगठनको प्रतिनिधित्व हुनेगरी उत्पिडित र विभेदमा रहेका आम विद्यार्थीको हितमा स्ववियू निर्वाचन हुनुपर्ने बताउनु भयो ।

लामो समयदेखि संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्व पक्तिमा रहेका विद्यार्थी नेता कपलेश्व यादवले चिकित्सा क्षेत्रमा आरक्षणको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो । चिकित्सा क्षेत्रमा आरक्षण दिनुपर्ने सर्वोच्चको निर्णयलाई स्वागत गर्दै संयुक्त विद्यार्थी आन्दोलन समितिले मेडिकल शिक्षामा ४५ प्रतिशत आरक्षण कार्यान्वयन गर्न नेपाल सरकार र सरोकारवालाहरुलाइ दवाव दिने अध्यक्ष यादवले बताउनुभयो ।

अध्यक्ष यादवले मधेस, पहाड र हिमाल तीनवटै क्षेत्रलाई समानताको सुत्रमा बाँधी समतामुलक समाज निर्माण गर्न शैक्षिक विभेदको विरुद्धमा सधै आफु लागि परेको पनि बताउनुभयो । उहाँले भन्नुभयो–सबैको साझा सहमती गराई शिक्षा प्रणाली र पाठ्यक्रम सहित परिवर्तन गर्ने आफ्नो संगठनको राष्ट्रिय एजेण्डा हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..