» » शंकर पोखरेल विरूद्ध मधेशी पत्रकार संघद्धारा महानगरीय प्रहरीमा किटानी जाहेरी



काठमाडौ भदौ २२ गते । मधेशी जनता विरूद्ध नस्लभेदी ट्विट गर्ने एमाले नेता शंकर पोखरेल विरूद्ध काठमांडौं प्रहरी परिसर टेकुमा उजुरी दर्ता भएको छ ।

मधेशी पत्रकार संघका अध्यक्ष पंकज दासले काठमांडौ महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीलाई पोखरेलविरूद्ध किटानी जाहेरी दिनुभएको छ ।

दासले आफू उजुरी गरेको दावी गरेपनि महानगरिय प्रहरी परिसरका डिएसपी रवीन्द्र रेग्मीले त्यस्तो कुनै उजुरी दर्ता नभएको बताउनु भयो । उजुरी दर्ता गर्न नमानेपछि छाडेर गएको उहाँले बताउनुभयो ।

मधेशी जनताको भावनालाई ठेस पुर्याउने नीयतवश एमाले नेता पोखरेलले अपनानजनक र आपत्तिजनक ट्विट गरेर सामाजिक सदभाव बिगार्ने काम गरेकोले पोखरेल विरूद्ध कडा भन्दा कडा कार्रवाही अघि बढाउने कुरा उजुरीमा उल्लेख रहेको छ ।

प्रहरीले पोखरेल विरूद्ध तीन घण्टासम्म उजुरी लिन नमानेको गुनासो उजुरीकर्ताले दासले गर्नुभएको छ । प्रहरी उपरीक्षक कार्कीले यस मुद्दालाई अगाडि नबढाउन दबाब समेत दिएका थिए ।

एसपी कार्कीले शंकर पोखरेल विरूद्ध उजुरी दिए पछि धेरै मधेशी जनतालाई अप्ठ्यारो हुन सक्ने धम्की पनि दिनु भएको दासको आरोप छ ।

उहाँले पोखरेल विरूद्ध उजुरी दिंदा उहाँको विरूद्ध गाली गर्ने सबै मधेशीलाई पनि थुन्न सक्ने अवस्था आउने कुरा बताए पनि उजुरीकर्ताले नमाने पछि कार्कीले पोखरेल विरूद्धको उजुरी आफै लिएर प्रक्रिया आफै अगाडि बढाउने आश्वासन दिएको कुरा संघका अध्यक्ष दासले बताउनु भयो।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..