» » एन्टा अधिवेशनको तयारी पुरा


काठमाडौ भदौं २३ गते । अमेरिकामा बसोबास गर्ने मधेशी समुदायको छाता संगठन एन्टा को यही सेप्टेम्बर ९ र १० मा ओहाइयो राज्यको कोलम्बसमा हुने कन्भेन्सनको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएको छ ।

एन्टाका अनुसार एन्टाको चौथों कन्भेन्सनको अन्तिम तयारी पुरा भइसकेको छ । अमेरिमाका विभिन्न संघ संस्थाहरुले समेत एन्टाको चौथों कन्भेन्सनको सफलताका लागि पत्रहरु पठाएर शुभकामना दिएका छन् ।

एन्टा भित्र केही व्यक्तीहरुले पदका लागि सामान्य विवाद गर्ने प्रयास गरे पनि वर्तमान अध्यक्ष डा. जेपी साहले एन्टाको कानून र विधान अनुसार आफु कुनै पनि हालतमा एन्टाको चौथों कन्भेन्सन गराई छाड्ने प्रतिबद्धता जनाए पछि पूर्व तोकिएको मितिमा नै अब कन्भेन्सन हुने भएको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..