» » जितेन्द्र सोनलले भन्नुभयो, ‘हामी एमालेविना दुई तिहाई जुटाउन तयार छौ’

काठमाडौं, असोज ९ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एकघटक तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहयोग नगरे एमालेविना नै संशोधन प्रक्रियामा दुई तिहाई जुटाउने तयारी भइरहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, संविधान संशोधनमा दुई तिहाई आवश्यक हो, तर एमालेले मानेन भने हामी एमालेविना नै दुई तिहाई जुटाउने तयारी गर्छौं, त्यसको लागि हामीले राप्रपा नेपालसँगको कुरा अघि बढाउनु पर्नेहुन्छ, हामी तयारी अवस्थामा छौं ।’
मधेशी मोर्चाको एक मात्रै माग भनेको संविधान संशोधनमार्फत आफ्ना मुद्दाको सम्बोधन हुनु रहेको भन्दै महासचिव सोनलले त्यसको लागि प्रमुख राजनीतिक दलहरु तयार हुनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले संविधान संशोधनमार्फत असन्तुष्टहरुको माग सम्बोधन नभए अहिलेको संविधानको हालत पनि ०४७ सालको संविधानको जस्तै हुने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘हिजो ०४७ सालको संविधानलाई पनि दुनियाँकै सबैभन्दा उत्कृष्ट भनिएको थियो, तर आज त्यसको हालत के भयो ?’
उहाँले संविधान संशोधनबाट मधेशी मोर्चा लगायतको माग तत्काल पूरा गर्ने वातावरण बनाउन सबै दलहरु गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..