» » कालो दिवस नमनाउन प्रचण्डद्धारा मधेशी मोर्चालाई आग्रह

काठमाडौ भदौ २९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा नमनाउन मधेशवादी दलका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

आज आफ्नो निवासमा बोलाएर मधेशवादी दलसँग गरेको छलफलमा उहाँले त्यस्तो आगा्रह गर्नुभएको हो । सरकारले यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाइरहेको छ र यो सरकार तपाईहरुको भएकाले पनि कालो दिवस नमाई दिँदा राम्रो हुन्थ्यो भनि आग्रह गर्नुभयो ।

जवाफमा मधेशी मधेशी मोर्चाका नेताहरुले आफूहरुले कार्यक्रम तय गरिसकेको र तय भएका कार्यलाई फिर्ता नलिने प्रतिकृया दिएका थिए । त्यसपछि प्रचण्डले लोकतन्त्रमा विरोध गर्नु सबैको अधिकार भएकाले आफूले जवर्जस्ती नरोक्ने तर शान्तिपूर्ण ढंगबाट मनाउनु होला भनि आग्रह गर्नुभयो ।

त्यसैगरि आफूले दलहरुसँग विस्तृत छलफल गर्न नभ्याएका कारणले संशोधन प्रस्ताव लग्न नसकेको उहाँले मधेशवादी दलसमक्ष राख्नु भयो । दलहरुसँग यस विषयमा छलफल नै नभएको हो भने होइन तर  जसरी हुनुपर्ने त्यस्तो नभएको धारणा राख्दै उहाँले भारत र अमेरिकाबाट फर्के लगतै संशोधन प्रस्तावका विषयमा दलहरुसँग छलफल गरि प्रस्ताव लग्ने बताउनु भयो ।

उहाँले सविधान संशोधनको प्रस्तावलाई भारत भ्रमणसँग जोड्न नहुने बताउनु भयो । संशोधन प्रस्ताव र भारत भ्रमणबीच कुनै तालमेल छैन तर यहाँ अनेक प्रचारवाजी भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार सिमांकन, नागरिकता, भाषा र समावेशी समानुपातिकको विषयमा लगभग दलहरुसँग कुराकानी मिलिसकेको त्यसमा केही मात्र मिलाउन बाँकी रहेको प्रधानमन्त्री प्रचण्डले कुरा राख्नु भएको छ ।

 सिमांकनको विषयमा छलफल गर्दा मिल्न सक्ने विषयमा सहमति गर्ने मिल्न नसक्ने विषयमा आयोग बनाएर त्यसलाई टुग्यांउने प्रस्ताव प्रधानमन्त्री प्रचण्डले राखेको बताइएको छ ।

अन्तरिम सविधान अनुसार नै नागरिकताको प्रावधान हुनुपर्ने मधेशवादी दलको मागमा प्रधानमन्त्री प्रचण्डले सहमति जनाउनु भएको छ । महासचिव झाका अनुसार उहाँले नागरिकताको सम्बन्धमा अन्तरिम सविधानको मर्म अनुसार सविधान संशोधन हुने प्रतिवद्धता जनाउनु भएको हो ।

भाषाका लागि आयोग गठन भइसकेको छ, त्यसलाई पूर्णता दिई काम अगाडी बढाउने कुरा राख्दै प्रचण्डले समावेशी समानुपातिकको सम्बन्धमा सविधान संशोधन भइसकेको र त्यस विषयमा मिल्न नसकेका कुराका छलफल गर्न सकिने आश्वासन मधेशवादी दललाई दिनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..