» » मधेसी दलमा किन छैनन् थारू, दलित र मुसलमान ?


-जय प्रकाश गुप्ता

मधेसका सबै संसदीय पार्टीहरू ब्रम्हणवादी चिन्तन एवं संस्कृतिको छायाँ र प्रभावमा हुर्के बढेका हुन् । यसरी ब्रfम्हण समुदायबाट अध्यक्ष भएका महन्थ ठाकुर हुन् वा यादव कूलबाट आएका उपेन्द्र र वनियाबकाल विरादरीबाट आएका राजेन्द्र महत्तो हुन्-यी सबै आधारभूत रूपमा मनुवादी नै हुन् । 

जब हामी राजनीतिक सन्दर्भमा ब्रम्हणवादी शब्दावलीको प्रयोग गर्दछौ; यस्ले जातिगत अभिव्यक्ति दिदैन, अपितु राजनीतिमा कुलिनताका पृष्ठपोषण गर्ने, असमावेशी, आधिपत्ववादी, अलोकतान्त्रिक र धर्मभिरू चरित्रलाई मात्र बुझाउँछ । यही चरित्र मधेसका सबै पार्टीहरूले बोकेका छन् ।

उपेन्द्र यादव आफ्ना अनुचरहरूसंगको संवादमा महन्थ ठाकुरको तमलोपालाई प्रायस: बाहुनहरूले बोक्ने गरेको तामाको लोटा तर्फ इंगित गर्दै "तामालोटा" भन्दछन् । केही पटक त आमसभाहरू मै उनले यसरी बोले । राजेन्द्र महत्तोले पनि बहुधा यस्तै व्यवहार गरिरहेको हुन्छ । उपेन्द्र यादव र राजेन्द्र महत्तोले आफ्नो पार्टीका मुख्य धार भित्र ब्रम्हणवादी भनेर महन्थ ठाकुरहरूको धोर अराजनीतिक आलोचना गरेपनि स्वयं यी दुबैका पार्टीको संचालन विधी र मधेसी समाजमा वर्चस्व राख्ने सोच ब्रम्हणवादी मनोकांक्षासंग थोरै पनि फरक छैन । छिमेकी विहारको राजनीतिमा त्यहाँका मुख्यमंत्रीहरू श्रीकृष्ण सिंहा देखि जगन्नाथ मिश्रसम्मले यही राजनीतिलाई बढावा दियो । त्यहाँ आज नितिश कुमार र लालु यादवले थोरै पनि फरक नपारी उही कामको पुनरावृति गरिरहेका छन् । मधेसको राजनीतिमा आफुलाई स्थापित गराउन मधेसी पार्टीको "रोल मोडेल" विहारी वा भारतको केन्द्रीय राजनीतिमा अंगिकार गरिएको चरित्र नै हुन् ।

मधेस शब्दले एक निश्चित भूभागलाई जनाउँछ । तर, यो भन्दा धेरै महत्वपूर्ण बिषय "मधेस" भन्नाले बोध गराउने सामुदायिक सामुहिकताको एकिकृत अभिव्यक्ति हो । मधेस भित्र थारू, मुसलमान र दलित समुदाय मुख्य हुन् । यसरी नै अरू समुदायहरू छन् । यी सबैको भावनात्मक एकता नै मधेस हो । पर्वते समुदाय भनेको मधेसमा बसोबास गर्ने अर्को समुदाय हुन् ।

मधेसमा थारू, दलित र मुसलमानको जनसंख्या उल्लेख्य रूपमा बढी छ र सामाजिक-राजनीतिक परिवर्तनका लागि निर्णायक तवरमा महत्वपूर्ण छ । तर, मधेसी पार्टीहरूको अनेकन् आडम्बरी प्रयासका बावजूद पनि यी समुदायहरू कुनैपनि मधेसी पार्टीहरूमा जुट्न चाहेको छैन । किन ? यो नै सर्वाधिक खोजिको समाजशास्त्रिय बिषय हो ।

के व्यक्तिगत जीवनमा रूढीवादी जीवनचर्याबाट ओतप्रोत भएको कुनै व्यक्ति सार्वजनिक जीवनमा त्यसको प्रभावबाट मुक्त रहन सक्छ ? भारतको संबिधान निर्माणका बखत बाबा साहेब भीमराव अम्वेडकर जवाहरलाल नेहरूका अत्यन्त निजी मनोनयनमा परेका थिए । नेहरूले उनलाई त्यस बखतको सर्वाधिक महत्वका कानून मंत्री बनाएका थिए । तर, अम्वेडकर त्यसपछि थोरै दिनसम्म पनि नेहरूसंग रहन सकेन । नेहरूलाई मात्र हैन, हिन्दू धर्मलाई नै परित्याग गरे । नेहरू र अम्वेडकरको मिहिन र गंभीर अध्ययन गर्नेहरूको निष्कर्ष छ कि; व्यक्तिगत जीवनको सोचबाट मुक्त हुन नसकेरै दुबैले एक अर्कोसंग सहकार्य राख्न सकेन । वास्तवमा रूढीवादी जीवनचर्याबाट ओतप्रोत भएको कुनै पनि व्यक्ति सार्वजनिक जीवनमा त्यसको प्रभावबाट मुक्त रहन सक्दैन ।

मधेसी दलका अध्यक्षहरू बिहेवारीको निमन्त्रणा पुर्न जादाँ दूधले खुट्टा धोआएको तस्वीर चर्चामा थियो । अर्का एक अध्यक्षले थर, गोत्र र कठोर कुलिनताको कर्मकाण्डी जीवनबाट मुक्त हुन नसकेर आलोचना खप्नु परिरहेको छ । अर्कोले भने आफ्ना एक्लो छोराको बिहेमा अब आफु अभिजात्य भैसकेको देखाउन छानी छानी उच्च जातकालाई निम्तो बाडे । के यस्ता वंशानुगत प्रकारका जीवन सोचमा कस्सिएका अलचकदार मानिसहरू समग्र रूपान्तरणको चाहना राखेको समाजलाई हाक्न सक्छ ?

मधेसी नेताहरू बहुरूपिया जस्ता छन् । उपेन्द्र यादव; यिनी एकै पटक गोरखपुरका योगी आदित्यनाथका अगाडी घुटना टेकेर आफुलाई दशनामी समुदायका जोगी भन्न हिचकिचाउदैनन् भने उही बेला सुनसरीको कुनै मस्जिदका मौलानाका अगाडी पुगेर आफ्नो शरीरको पछाडी भाग मुसलमानको भएको बताउन पट्क्कै हिच्किचाउदैनन् । मौका आए यिनी आफुलाई दलित, महादलित सबै भन्छन् । जबकि, उपेन्द्र ब्रम्हणवादी राजनीतिक संस्कारका यादव अवतार हुन् । तमलोपा र सदभावना पार्टीमा रहेका धेरै नेताहरू भारतका भारतीय जनता पार्टी र राष्ट्रिय स्वयं सेवक संघका दीक्षित कार्यकर्ता रहेका छन् । यिनीहरू जीवन चिन्तनको सन्दर्भमा सवर्ण ब्रम्हणवादी संस्कृतिबाट प्रभावित छन् । यस्ता मधेसी पार्टीहरूले आफ्नो आधार नै मधेसका उच्च जात, शहरी व्यापारीहरू र संघीहरूलाई बनाएका छन् । उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महत्तोका कयौं जिल्ला अध्यक्षहरू भारतीय स्वयं सेवक संघका प्रचारकहरू, ब्रम्हणवादी झंण्डा वाहकहरू नै हुन् ।

चर्चित प्रवासी व्यापारी उपेन्द्र महत्तो एक कट्टर हिन्दूवादी पनि हुन् । काठमांडूमा उनको निवासको नाम "यज्ञालय" राखिएको छ । भारतका पतंजलीघिश स्वामी रामदेवसंग उपेन्द्र महत्तोको हिमचिम र व्यापार साझेदारी सबैलाई ज्ञात छ । रामदेव काठमांडू आउँदा महत्तोकोमा बस्छन् । महत्तोका साख्य भाई बीरेन्द्र महत्तो उपेन्द्र यादवका पार्टीका समानुपातिक सांसद हुन् । शंकर केडियाका भतिज बिमल केडिया पहिलो संविधान सभामा सद्भावना पार्टीका समानुपातिक सभासद थिए, अहिले दोस्रो संविधान सभामा तमलोपाबाट समानुपातिक सांसद छन् । शंकर केडिया कट्टर हिन्दूवादी थिए । विश्व हिन्दू महासंघका नेपाल तर्फका अध्यक्ष थिए । यिनी गजेन्द्र नारायण सिंहका सबभन्दा ठूलो चन्दादाता थिए । बिमल केडिया अहिले भारतका धर्मगुरू रवि शंकरका नेपाल स्थित मुख्य कर्ताधर्ता हुन् । यस्ता अनेकन उदाहरण छन् । यस्ता मानिसहरूले यी मधेसी दलहरूलाई डोर्याएको छ । यस्तै प्रतिनिधी मूलक पात्रहरूको माध्समबाट यी मधेसी पार्टीहरूले भारतबाट ठूलो राशीको चन्दा र आर्थिक संरक्षतत्व पाई रहेको हुन्छ ।

नेपालका मधेसी पार्टीहरूमा थारू, दलित र मुसलमानहरू सरिक हुन चाहदैनन् । तर, वेदबाट निस्कने देवी देवतालाई आराधना गर्ने/पुजा गर्ने पिछडावर्ग मध्येका यादव तथा बनियाबकाल समुदायका मानिसहरू हिन्दु प्रभावका पार्टीहरूलाई अनुकूल ठान्दछन् । भारतका उत्तर प्रदेश राज्यको प्रभावशाली दलित नेता विगत २० बर्ष देखि दलित एकताका लागि सवर्ण-वैश्य समुदायलाई तारो बनाएकी छिन । "टिका, तराजु और तलवार-यिनको मारो जुता चार"-यो मायावतीले दिएको नारा हो । यहाँ टिका, तराजु र तलवार भन्नाले क्रमश: ब्रम्हण, वनिया र राजपूतलाई संकेत गरिएको हो । 


मायावतीको यो नारा र ब्रम्हण, वनिया र राजपूत विरोधी अभिव्यक्ति पछि मूलत: यी तीनवटै समुदाय भारतीय जनता पार्टी तर्फ झुकाव बढाए । नेपालको पश्चिमी मधेस यसबाट तत्काल ध्रुविकृत भयो । पूर्वी मधेस पनि । यसको प्रभाव स्वरूप नै मधेसका थारू, दलित र मुसलमान वाहेकका हिन्दू कर्मकाण्डी समुदायको केही झुकाव हिन्दूमुखी मधेसी पार्टीहरू तिर गएको हो । यहाँ उल्लेख गरिएको यादव, बनियाबकाल र अन्य पिछडावर्गका मधेसी समुदायहरू ब्रम्हण, राजपूत, कायस्थ, भूमिहार आदि सवर्णसंग दूरी राखेपनि झैझगडा गर्न चाहदैनन् ।

 हिन्दुत्वको रक्षाका नारामा मुसलमान र तल्लो भनिएका जातलाई थिचेर राख्न सवर्णसंग मिलेर रहन चाहन्छ । मधेसी पार्टीहरूले पनि यसै आधारमा यी समुदायहरूलाई आफुसंग जोड्न अनुकूल ठानेको छ । तर, मुसलमान र दलितलाई भने मधेसी पार्टीसंग हिमछिम बढाउन कठिन छ । यिनीहरूको जीवनका आवश्यक्ताहरू, जीवनशैली, आराधना पद्धति र दृष्टिकोणको ठूलो भिन्नता छ-सवर्णसंग । यादव, बनियाबकाल, हिन्दूमतालम्वि मधेसी समुदाय गाई-भैसीको मासु खान सक्दैनन् । मुर्गी र मदिराको भोग दिएर देवता रिझाउन सक्दैनन् । वेदको भन्दा बाहिरबाट देवता निकालेर पुज्न सक्दैन । यहाँ ठूलो समस्या छ ।

यसले गर्दा मधेसी भनिने उच्च जातकासंग दलित, मुसलमानको समभावको निर्माण कठिन छ । हालै मधेसका केही अभियानकर्ता सुधारवादीहरूले दलित लक्षित "क्षमा अभियान" चलाएका थिए । यो एक राम्रो काम भएपनि प्रचारात्मक स्तरलाई उक्लिन सकेन ।

हिन्दू मधेसीहरू भारतका बिजेपीबाट प्रभावित भएर अभिवादनमा "जय श्री राम" भन्न थालेका छन् । "जय श्री राम" सुन्ने बितिक्कै दलित चिन्तकहरूलाई "शंबूक" को संझना हुन्छ । "शंबूक" रामायणकालका एक शूद्र पात्र थिए । हुनत् "शंबूक" ऋषि थिए, तर भगवान रामको आदेशले उनले जीवन परित्याग गर्नु पर्यो । भनिन्छ, उनि शूद्र भएकै कारणले भगवान रामले पनि उनिसंग धूर्तता गरें । आज भोलीका दलित अभियन्ताहरूले यस्ता कथाहरूलाई बिर्सन नसक्ने भएका छन् ।

थारूहरू बिभिन्न तथ्यहरूको आधारमा आफुलाई हिन्दू भन्दा पृथक नै मान्दैछन् । पृथक पहिचान संस्थापनको अभियानमा थारूहरू धर्मको महलमा आफुलाई "प्रकृति पूजक" र गौतम बुद्धको वंशज मान्न थालेका छन् । सत्य जे होस, तर उनिहरूले यसो भन्नुको आशय नै गैर हिन्दू पहिचानमा बाँच्न चाहनु हो । मधेसी राजनीतिबाट बिजय गच्छदारको पलायनको प्रमुख कारण उस्को सत्ता लिप्सा र अवसरवादीता होला । तर, बिजयले फोरम नेपालमा प्रवेश गरेकै दिन देखि भोग्नु परेको अलगावको राजनीतिले उस्लाई नयाँ बाटो खोज्न बाध्य गराएको पनि तथ्य हो । आज अपवादका वाहेक थारूहरू मधेसी पार्टीमा छैनन् ।

हाल मुलुकमा गरिएको प्रादेशिक विभाजनमा सुनसरी, मोरंग र झापालाई मूल मधेसी भागसंग अलग पारिएको छ । यी तीनवटै जिल्लामा थारूहरूको जनसंख्या राम्रो छ । जबकि, यस भागमा मधेसी पार्टीको पकड एकदमै कमजोर छ । सप्तरी देखि पर्सासम्ममा थारू जनसंख्या राम्रो छ । यस क्षेत्रका प्रायस: सबै नाम चलेका थारूहरू मधेसी दलहरू भन्दा बाहिर छन् । थारूहरू पश्चिम मधेसका महत्वपूर्ण समुदाय हुन्-संख्यात्मक रूपमा । तर, यहाँ मधेसी दलमा थारू नेतृत्व भेटिदैन । मधेस भरी नै यही अवस्था दलित र मुसलमानको छ । यसलाई यौटा संयोग नमान्ने हो भने यथार्थमा यो हिन्दू मनुवादी मधेसीको थारू, दलित र मुसलमानसंगको प्रकट्य अन्तर्विरोध त हुदै हो । यही अन्तर्विरोधले गर्दा मधेसी दलहरूमा थारू, दलित र मुसलमानको स्थान बन्न सकिरहेको छैन । मधेसी दलहरूको समावेशीकरणको अर्धमनको अभियान निरर्थक भएको छ । 


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

3 comments:

  1. Gupta g Zindabad , Kam se Kam apne ne manuwad Ko lekar qalam to uthaya, madheshi Dalit Muslim Ki preshaniyon Ko apne samjha to sahi, himmat se Kam liya hai , hamare li a madheshi nitritwa se kahi achcha Pahadi nitritwa hai, Kam se Kam Pahadi samudae sath me baith Kar Khana Khane me pareshani mahsoos nahi karti , Pahadi samudae madheshiyon Se kahi ziyada udar hai. Aise me hamari soch yahi hai Ki tang nazar madheshiyon se kahi achche Pahadi hain. RSS Aur yogi Aditya Nath ke gurgo se kahi achche Pahadi hai . Main ne sirha me RSS ke agents Aur Aditya Nath ke gurgo ja khel dekha hai . Ye bade ghinaune log hain

    ReplyDelete
  2. Aise me Koe Dalit ya Muslim madheshi nitritwa ke sath Kaise jana pasand krega. Aur Aj jo Muslim madheshi partiyon ke sath hain wo Muslim samaj ke dabe kuchle log hain jo barso gulami karte aa a hain, Jinki apni Koe zehniyat Aur soch nahi hai . Jo sirf apne li a jeete hain wo sabke Sab swarthi Aur sankirna bichar dhara ke log hain

    ReplyDelete
  3. Tharus arent there not because of religion. They are not there because of the darker side they are carrying under the skin of religion.

    ReplyDelete

..