» » भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता राख्न एमालेको ध्यानाकर्षण


काठमाडौँ, भदौ २५ गते । नेकपा (एमाले) को आज बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका बेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री दाहालको भ्रमणका बेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउँदै नेपालका तर्फबाट उठाउनुपर्ने विषयवस्तुका बारेमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेटी छलफल गरी ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा केन्द्रीय कमिटी बैठकको तयारी बैठकले आगामी असोज ५–७ मा आयोजना हुने केन्द्रीय कमिटीको बैठकका कार्यसूचीबारेमा छलफल गरेको उल्लेख छ ।

सो बैठकका लागि अध्यक्षद्वारा विकसित राजनीतिक परिस्थिति र पार्टीका कार्यभार सम्बन्धमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने, पार्टीका आगामी कार्ययोजना तय गर्ने, नेपालको संविधानअनुरुप पार्टीको सङ्गठनात्मक संरचनाको पुनःव्यवस्थापन गर्नेलगायतका कार्यसूची तय गरिएको छ । स्थायी समितिको बैठक भोलि आइतबार पनि बस्नेछ ।

बैठकमा केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनको पुनःसंयोजन, प्रदेश सङ्गठन कमिटीको नामावलीलाई अन्तिम टुङ्गोे लगाउने, पार्टी प्रवेश र त्यसको व्यवस्थापन, सल्लाहकार परिषद्मा सदस्यको मनोनयन तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन, स्थानीय तहको पुनःसंरचनालगायतका विषयमा छलफल हुनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..