» » एक घण्टा नबित्दै मधेशी मोर्चासँग भएको सहमति उल्टाए सरकारले


इलाकाका आधारमा स्थानीय निकायको पुनःसंरचना गर्ने
काठमाडौँ  असोज ११ गते । मन्त्रिपरिषद् आजको बैठकले तीन मुख्य राजनीतिक दलबीच भएको सहमतिलाई आधार बनाएर स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारण गर्दा पहिला जिल्लामा कायम रहेका इलाकालाई मूल आधार बनाउने निर्णय गरको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज साँझ बसेको बैठकले स्थानीय तहको सिमाना र सङख्यालाई निर्धारण गर्दा त्यसमा नगरपालिका भए त्यही कायम गर्ने अरु जनताको सुविधालाई दृष्टिगत गरी बनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।


जब कि मन्त्रीपरिषद्को बैठक बस्नुअघि आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको मधेशी मोर्चासँग छलफलमा जिविसको इलाकालाई आधार मान्ने एउटा विकल्प मात्र हो, यसमा छलफल गर्न सकिन्छ भनि प्रतिवद्धता जनाएको थियो तर त्यसपछि बसेको मन्त्रीपरिषद्को बैठकले त्यसलाई सदर गर्दै इलाका आधारमा स्थानीय पुनःसंरचना हुने निर्णय गरेको छ । इलाकालाई आधार मानेर पुनःसंरचना गरे स्वीकार नगर्ने बताएको छ ।

बैठकले मधेस केन्द्रित दलसँग स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारणका बारेमा भइरहेको छलफल सकारात्मक भएको र बैठकको निर्णयले छलफललाई अझ सहज बनाउने निर्णय भएको मन्त्री लेखाकले बताउनुभयो ।

त्यस्तै, बैठकले आइतबार पूर्वमुख्यसचिव तथा पूर्व गृहमन्त्री माधव घिमिरे सवार रहेको जीप दुर्घटना र आज धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न पूर्व प्रहरी महानिरीक्षक कुबेर राणाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बैठकले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणढ राजमार्गमा आवागमनमा सहज पार्न र दुर्घटना न्युनीकरण गरी सडक सुरक्षाका निम्ति आवश्यक व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संस्थागत व्यवस्था गर्न जिम्मा दिएको मन्त्री लेखकले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..