» » मधेशी मोर्चाले प्रधानमन्त्री प्रचण्डलाई भने, तपाईमाथि अब विश्वास लाग्न छाड्यो



काठमाडौ असोज ११ गते । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सविधान संशोधनका मधेशी मोर्चालाई कुनै शंका नगर्न आग्रह गर्नुभएको छ ।

सविधान संशोधनको बारेमा बाहिर आएका विभिन्न टिका टिप्पणी प्रति असन्तुष्टि जनाउँदै मधेशी मोर्चाका नेताहरुले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

भेटमा सद्भावना पार्टीका अधयक्ष राजेन्द्र महतोले तीन बुँदे सम्झौता अुनसार हालसम्म सविधान संशोधन किन भएन, आन्दोलनको समयमा आन्दोलनकारीमाथि लागेको मुद्दा अझै किन फिर्ता भएन, इलाकाका आधारमा स्थानीय पुनः संरचना गर्ने कुरा सम्झौता विपरित भएको जस्ता कुराहरु प्रधानमन्त्री प्रचण्ड समक्ष राख्नु भएको थियो । पटक पटक भेट्दा काम हुँदैछ, गृहकार्य हुँदैछ, अब त विश्वास लाग्न पनि छाड्यो भन्दै अध्यक्ष महतोले अब प्रतिवद्धता होइन काम गरेर देखाउन आग्रह गर्नुभयो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सविधान संशोधनका लागि प्रस्ताव तयार भइरहेको र त्यो दशैंअघि नै व्यवस्थापिका संसदमा पेस हुने प्रतिकृया दिनुभएको थियो । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाका अनुसार प्रचण्डले दशैं त भन्नु भएन तर पर्सीदेखि सविधान संशोधन प्रस्तावको तयारीमा लाग्छु र प्रस्ताव चाँडै लैजाने प्रतिवद्धता जनाउनु भएको बताउनुभयो ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले सविधान संशोधन प्रास्तावमाथि गृहकार्य भइरहेकाले चाँडै प्रस्ताव पेस हुने प्रतिवद्धता जनाउँदै त्यसमाथि कुनै आशंका नगर्न मधेशी मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाका नेताहरुलाई भन्नुभयो, सविधान संशोधनका लागि म आफै गम्भिर रुपमा लागेको छु, त्यसका लागि कामहरु भइरहेका छन् त्यसमाथि आशंका नगर्नुस् बरु त्यो कार्य कसरी छिटो हुन्छ त्यसमा लाग्नुस् ।’

बैठकमा सहभागि मधेशी मोर्चाका एकघटक राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव एवं प्रवक्ता केशव झाका अनुसार  प्रधानमन्त्री प्रचण्ड सविधान संशोधनको विषयमा निकै गम्भीर रुपमा प्रस्तुत हुनुभयो । सविधान संशोधन कुनै पनि हालतमा गरिछाड्ने प्रतिवद्धता जनाउनु भएको प्रवक्ता झाले बताउनुभयो ।

सरकारको तर्फबाट मधेशवादी दललगायत अन्य दलका नेताहरुसँग सल्लाह गरि सविधान संशोधन प्रस्तावको मस्यौदा तयार गरेर मात्र त्यसमा सामूहिक छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले आफ्नो योजना मधेशी मोर्चाका नेताहरुलाई सुनाउनु भएको तराई मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता कृष्णा सिहले बताउनु भयो ।

स्थानीय पुनःसंरचनाको विषयमा तीन दलले जिल्ला विकासले तय गरेको इलाकालाई नै आधार मानेर पुनःसंरचना गर्ने सहमतिको गरेको विषयमा पनि मधेशी मोर्चाले आपत्ति जनाएको छ ।

इलाकाको आधारमा पुनःसंरचना भयो भने त्यसलाई आफूहरुले स्वीकार नगर्ने भनेपछि प्रधानमन्त्री प्रचण्डले इलाकाको आधारमा गर्ने त्यो पनि एउटा विकल्प हुनसक्छ भनि मात्र ल्याएको र त्यसमा विषयमा अझ छलफल गर्न बाँकी रहेको भनि स्पष्ट पार्नु भएको अध्यक्ष महतोले बताउनुभयो ।

मधेशी मोर्चालगायत अन्य दलहरुसँग सहमति भए मात्र टुगों लगाउने र चुनावमा जाने प्रतिवद्धता प्रचण्डले जनाएको अध्यक्ष महतोले बताउनु भयो ।

मधेश आन्दोलनको क्रममा मुद्दा लागेकाहरुको मुद्दा अझै फिर्ता नभएको मोर्चाको जिज्ञासामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मुद्दा फिर्ताको सम्बन्धमा अध्ययन भइरहेको जानकारी गराउँदै अध्ययन भइसकेपछि दशैंं अघि नै मुद्दा फिर्ताको प्रकृयामा जाने प्रतिवद्धता जनाएको मोर्चाले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..