» » उपेन्द्र यादवले भन्नुभयो, सरकारको रवैयाले सविधान कार्यान्वयन हुनसक्दैन


काठमाडौं असोज २ गते । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको रवैया परिवर्तन नभए नयाँ संविधान कार्यान्वयन हुन नसक्ने बताउनु भएृको छ । यथास्थितिवादी सोँचभन्दा माथि उठ्न सरकारलाई सुझाव दिँदै यादवले संविधानलाई सार्थक बनाउन संशोधन अनिवार्य भएको बताउनु भएको छ ।

फोरम नेपालको भ्रातृ संगठन समाजवादी ट्रेड युनियन, महासंघ घोषणा सभालाई हिजो सम्बोधन गर्दै अध्यक्ष यादवले केही सीमित व्यक्तिको स्वार्थमा जबरजस्ती लादिएको संविधान बलपूर्वक लागू हुनै नसक्ने चेतावनी दिनुभयो ।

‘त्रुटिपूर्ण संविधान लागू गर्ने दृढता कसैले नगरे हुन्छ । संविधान लागू गर्न र सर्वस्वीकार्य बनाउन ११ र २६ बुँदे माग अनुसार संशोधनको विकल्प छैन । उत्पीडित वर्गको माग अनुसार संविधान संशोधन नहुँदासम्म हाम्रो संघर्ष जारी रहन्छ’– अध्यक्ष यादवले भन्नुभयो ।

गठन भएको समाजवादी ट्रेड युनियन, महासंघ, नेपालका नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष यादवले नयाँ संविधान श्रमिक विरोध रहेको टिप्पणी गरेका छन् । यादवले भन्नुभयोे, –नयाँ संविधानमा श्रमिकको अधिकार खोसिएको छ । अन्तरिम संविधान समेत सुनिश्चित रहेको श्रमिक अधिकार अहिले कुण्ठित गरिएको छ ।’

कम्युनिष्टको नाममा थुप्रै राजनीतिक दल भएपनि उनीहरु सबै किसान, मजदूर लगायत श्रमिक विरोधी रहेको यादवले बताउनुभयो । पार्टीको विधानमा आकर्षक नारा लेखे पनि नेपालका कम्युनिष्टहरु श्रमिक विरोधी भएको उहाँले बताउनुभयो ।

परिवर्तनका लागि हुने आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेकोले मजदूर वर्गको हक अधिकार सुनिश्चित गराउन आन्दोलनका लागि तयार रहन श्रमिकहरुलाई अध्यक्ष यादवले आह्वान गर्नुभएको छ ।

समाजवादी ट्रेड युनियन महासंघ गठन
यसैगरी, फोरम नेपालको भ्रातृ संगठन समाजवादी ट्रेड युनियन महासंघ गठन भएको छ । काठमाडौंमा पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा पूर्वसभाषद् जोगीलाल यादवको अध्यक्षता ४९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

महासंघको केन्द्रीय अध्यक्षमा जोगिलाल यादव, उपाध्यक्षमा विन्देश्वर राय यादव, हेमन्त मान्डव्य, मृत्यून्जय झा, प्रेम भुजेल चयन भएका छन् ।

त्यस्तै डीबी सरोज राईलाई महासचिवको जिम्मेवारी दिइएको छ । महासंघको उपमहासचिवमा बलराम चौधरी, दयाराम राई र भरत ठाकुर छन् ।

सचिवमा यज्ञ कुमार राई, वासुदेव यादव राम बेलास यादव, मनकला लिम्बू चयन भएका छन् ।

कोषाध्यक्षमा शोभा मण्डल सहित ४९ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ ।

कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हेमराज राई, महासचिव रणध्वज कन्दङ्वा लगायतको उपस्थिति रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..