» » आइओएममा तालाबन्दी, पर्सी त्यही हुँदैछ जनसभा


काठमाडौ असोेज २ गते । संयुक्त मधेशी विद्यार्थी मोर्चाले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा आज विहानदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ । सर्वोच्च अदालतले आईओएममा समावेशी समानुपातिक आरक्षणको व्यवस्था गर्न दिएको निर्देशन उलघंन भएको भन्दै विद्यार्थी मोर्चाले आन्दोलित भएर तालाबन्दी गरेको हो ।

विद्यार्थी मोर्चाले पर्सी आइओएमका अगाडि जनसभाको आयोजना गर्ने तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले जानकारी गराउनु भएको छ ।

आईओएमले शुक्रबार एक सूचना जारी गरी यसै सत्रदेखि समानुपातिक समावेशिताको आधारमा आरक्षण लागू गर्न नसकिने जनाइएको थियो ।

त्यसको विरोधमा मधेशी विद्यार्थी मोर्चाले आइतबारदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..