» » अनिल झाले भन्नुभयो, मेरो परिवारको हत्या योजना बन्दै गरेको कुरा मलाई थाह थिएन


काठमाडौ भदौ २२ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाको हत्या गर्ने योजना बनाइरहेको र विभिन्न व्यक्तिहरुलाई धम्की दिँदै रकम संकलन गरेको आरोपमा दुइ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मुडवलवा ३ का मुन्नाकुमार यादव र बगही १ का अबधलाल महतो रहेका छन् । योजनाको मुख्य व्यक्ति व्यक्ति यादव रहेको प्रहरीले जनाएको छ ।

उनले रौतहट मुडवलवाको नेमधारी उच्च माविका प्रधानाध्यापक रवि शंकर यादवलाई फोन मार्फत धम्की दिँदै ५० लाख रुपैयाँ पनि मागेका थिए । उनैले सदभावना पार्टी  रौतहट जिल्ला अध्यक्ष शेष जमसेदसँग अध्यक्ष झाको हत्यामा सहयोग गर्न भन्दै २० लाख रुपैयाँ मागेको प्रहरी स्रोतले जनाएको छ ।

रौतहटहटलाइनका अनुसार प्रधानाध्यापक यादव र जमसेदले प्रहरीलाई दिएको सूचनाको आधारमा मुन्ना कुमार र अवधलाललाई पक्राउ गरिएको रौतहटका प्रहरी  उपरिक्षक डा.गणेश रेग्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

प्रधानाध्यापक यादवको मोबाइलमा फोन गरेर ५० लाख रुपैयाँ नदिए मार्ने र विद्यालय तथा छात्रावासमा समेत विष्फोट गराएर ध्वस्त बनाइदिने यादव र महतोले धम्की दिएका थिए ।

पक्राउ परेका यादवले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नक्कली आइडी बनाएर पूर्व उद्योगमन्त्री समेत रहनु भएका अध्यक्ष झा र उहाँको परिवारका सदस्यको हत्या गर्न सहयोगका लागि भन्दै जमसेदसँग रकम मागेका थिए । उनीहरुले मार्न टार्गेट गरिएको व्यक्ति भन्दै झा र उनको परिवारका सदस्यको फोटो जमसेदको फेसबुक म्यासेन्जरमा पठाएका थिए ।

यद्यपी यो घटनाको बारेमा आफूलाई केही थाह नभएको अध्यक्ष झाले बताउनु हुन्छ । आफूले पनि यस्तो कुरा आफूले पनि समाचारहरुबाट थाह पाएको बताउँदै उहाँले आफूमाथि त्यसप्रकारको कुनै थ्रेट नरहेको पनि बताउनु भयो ।

आफू पटक पटक रौतहट गइरहने तर त्यस्तो सुराकी वा धम्की कतैबाट नआएको बताउँदै प्रहरीले पनि यसबारेमा आफूसँग सोधपुछ नगरेको पनि उहाँले बताउनु भयो ।

अधयक्ष झाको हत्या योजना र प्रधानाध्यापक यादवलाई धम्की दिएको सूचना प्रहरीसमक्ष पुगेपछि  प्रहरीलाई किन उजुरी गरेको भन्दै उनीहरुले आफूहरु पेशेवर अपराधी भएको र अब ठूलो मूल्य चुकाउन तयार रहनू भन्दै धम्की दिएका थिए ।

पक्राउ परेकाहरु उपर जबरजस्ती असुली, अपहरण उद्योग, नागरिकता किर्ते र संगठित अपराध जस्ता कसुरमा मुद्दा दायर गरी अनुसन्धान तथा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक डा. रेग्मीले बताउनुभयो ।

अभियुक्तद्वयले अन्य व्यक्तिहरुलाई पनि धम्की दिँदै रकम उठाएको हुनसक्ने अनुमानमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । यादव संगै थप व्यक्तिहरु समूहमा भएकोले  थप सदस्यहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..