» » हिन्दी भाषालाई सविधानको अनुसुचिमा राख्नुपर्ने गृहमन्त्री निधिको जोड


काठमाडौ असोज ५ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषालाई सविधानको अनुसुचिमा राख्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

संसदमा सांसदहरुले विभिन्न भाषा प्रयोगमा ल्याएपनि दोभासेको अभावमा अरुलाई बुझ्न गाह्रो हुन्छ तर हिन्दी नै यस्तो भाषा हो, जो सबैले बुझ्छन्, उहाँले भन्नुभयो, हिन्दीभाषाले नै नेपाली भाषालाई पनि समृद्ध बनाएको छ ।

सरकारले गठन गरेको भाषा आयोगले तयार गर्ने प्रतिवेदनको आधारमा हिन्दी भाषासहित अन्य भाषाहरुलाई पनि सविधानको अनुसुचिमा राख्ने बताउँदै उहाँले हिन्दी भाषामा गरिने व्यवहार र यसको प्रयोगलाई बढावा दिन निजी क्षेत्रलाई रुचि लिनुपर्ने भन्दै सरकारको तर्फबाट पनि यस भाषासँग राम्रो व्यवहार नरहेको आरोप लगाउनुभयो ।

हिन्दी मासिक पत्रिका ‘हिमालिनीद्धारा आज आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले प्रजातान्त्रिक आन्दोलनका व्यक्तित्वहरु वीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिँह, कृष्णप्रसाद भट्टराई, गिरीजाप्रसाद कोइराला, रामनारायण मिश्र जस्ता नेताहरुले आपसमा संवाद गर्न हिन्दी भाषा प्रयोग गर्ने गरेको बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..