» » ओलीको बारा जाने कार्यक्रम किन भए रद्द ?


बारा असोज १२ गते ।  पूर्वप्रधानमन्त्री एवं नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज बारा आउने कार्यक्रम रद्द भएको छ ।

अध्यक्ष ओली आज नेकपा एमाले बाराको ९ औ जिल्ला अधिवेशनलाई उद्घाटन गर्न बाराको कोल्हवी आउन कार्यक्रम थियो तर मौसममा आएको खराबीका कारण उहाँ आउन नसकेको पार्टी स्रोतले जनाएको छ ।

खराब मौसममा हेलिकप्टर उड्न नसकने भएपछि उहाँ आउन नसेको बताईएपनि मधेशमा उहाँ आएपछि विरोध हुने डर कार्यक्रम रद्द गरेको एमाले निकट स्रोतले जनाएको छ । मधेशको विरुद्धमा कडा कडा अभिव्यक्ति दिनु भएका अ‍ोली बारा गएपछि त्यहाँ ठूलो विरोधको सामना गर्नुपर्ने खबर थाह पाएर नगएको बताइएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउन नसकेपछि अधिवेशनको उद्घाटन अर्का नेताले गर्नुभएको थियो । नेकपा एमाले बाराको ९ औ जिल्ला अधिवेशन आजदेखी कोल्हवीमा शुरु भएको छ ।

अधिवेशनको दोस्रो दिन भोलीदेखी बन्द सत्र शुरु हुनेछ । नयाँ नेतृत्व चएनको लागि अधिवेशन शुरु भएको हो । कार्यक्रममा सहभागी हुन एमालेका केन्द्रियदेखि लिएर जिल्लाको नेता कार्यकार्ताहरु कोल्हवीमा आउनु भएको थियो ।

केपी ओली बारा आउने भएपछि आज विहानैदेखि कोल्हवीको सुरक्षा व्यवस्था कडा बनाईएको थियो । उदघाटन कार्यक्रमको संगम एफएम १०५ थोप्लो ५ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।

सबै दलको सहमतिमा जारी भएको संविधान केही दलले चाहदैमा संसोधन हुन नसकने एमाले स्थाई कमिटि सदस्य मुकुन्द न्यौपानेले बताउनु भएको छ ।

एमाले बाराको ९ औ जिल्ला अधिवेशनका प्रमुख अतिथि समेत रहनु भएका न्यौपाने अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

न्यौपानेले केही दलले असन्तुस्टी जनाउँदैमा बल्लतल्ल जारी भएको संविधान संसोधन हुन नसकने दावी गर्नुभयो । एमाले औचित्यको आधारमा संविधान संसोधन गर्न तयार रहेको बताउँदै उहाँले सतारुढ दलले औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले कमिटी बाराको कार्यबाहक अध्यक्ष त्रिलोकी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य एवं प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल, सह संयोजक नागेन्द्र चौधरी, एमालेका केन्द्रिय सदस्य तथा बारा क्षेत्र नं ५ का सांसद बलबरि चौधरी, सांसद पुरुषोत्म पौडेल लर्गातका व्यक्तिले आ आफनो मन्तव्य राखनु भएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..