» » ६१ जना मुसहर समुदायका बालबालिका उच्च शिक्षा अध्ययन गर्दै


काठमाडौ असोज ५ गते । नेपालको इतिहासमा सम्भवत पहिलो पटक यति धेरै सँख्यामा मुसहर समुदायका व्यक्तिहरु उच्च शिक्षा अध्ययन शुरु गरिरहेका छन् । भोर एवम् शक्तिहिनको सशक्तिकरण –मुसहर समुदायको समग्र उत्थान अभियानको सहजीहरणमा गत अषाढ १८ गते जनकपुरमा पूर्व राष्ट्रपति डा.रामवरण यादवद्धारा २०७२ सालको एसएलसी उत्तिर्ण ९२ जना मुसहर विद्यार्थीमध्ये हाल सम्म ६१ जना विद्यार्थीको उच्च शिक्षाका लागि अध्ययन शुरु गरिसकेको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी गराउनु भयो ।


ती विद्यार्थीहरु पर्सा, बारा, रौतहट, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, सुनसरी, मोरड., नवलपरासी
नियमित अध्ययनका लागि ६१ जना विद्यार्थी भर्ना भइसकेका छन् । जसमध्ये ११ कक्षामा ५५ जना विद्यार्थी छन् भने १२ कक्षामा ४ जना र १२ कक्षाको परिक्षा एक जनाले दिइसकेका छन् भने एकजना स्नातकमा अध्ययन गरिरहेका छन् ।


यी विद्यार्थीहरुलाई अध्ययन गर्न प्रति व्यक्ति पैतिस हजारको दरले वार्षीक लाग्ने गरेको छ । यो रकम अध्ययन गर्ने विषय अनुसार फरक फरक हुन्छन । शिक्षाको उज्यालोबाट पुस्तौदेखि बन्चित मुसहर समुदायलाई अगामी ५ वर्षभित्र पूर्णरुपले शिक्षित पार्न र सम्पूर्ण बालबालिकाहरु र युवाहरुलाई विद्यालय र कलेजमा अध्ययन गराउन सहयोग गर्न भोरले ५१ हजार दिएको छ ।


दीनाभद्री छात्रवृती कोषको शुभारम्भ गर्दै पूर्व राष्ट्रपति डा.यादवले यस कोषमा सम्पूर्ण देशवासीलाई योगदान गरी पुस्तौदेखि पछाडी परेको समुदायको उत्थानमा योगदान गर्न अनुरोध गर्नु भएको थियो । शिक्षा विद् भोगेन्द्र झाले पनि भोरले शुरु गरेको दीनाभद्री छात्रवृती कोष जस्तो परोपकारी प्रयासमा सम्पूर्ण जन समुदाय र सरोकारवालाहरुलाई सहभागी हुन अनुरोध गर्नु भएको थियो ।



साथै, यसरी भोरको सहजीकरण मार्फत र दीनाभद्री छात्रवृती कोषबाट उच्च शिक्षा अध्ययनका लागि सहयोग पाउने प्रत्येक विद्यार्थीले आफनो गाउँ टोलका मुसहर बालबालिकाहरुलाई स्वंयसेवाको रुपमा हरेक दिन १ घण्टा ट्यूशन पढाउने काम पचुलाल माझीले गरिरहनु भएको छ । यस अभियानमा नेपाल राष्ट्रिय मुसहर संघले पनि काँधमा काँध थापेर सहकार्य गरी अगाडी बढी रहेको छ ।




 भोरले गरेको यस परोपकारी पहलले मुसहर समुदायको जीवनमा उल्लेखनीय परिवर्तन भई रहेको र यसले पुस्तौदेखि चरम गरिबी, अभाव, अन्यायमा बाँचिरहेका छलाख भन्दा बढी जनसंख्या रहेको र सबभन्दा गरिब समुदायको उज्यालो भविष्यको आशा जगाएको कुरा नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले उल्लेख गर्नुभयो ।


  • हालसम्म संकलित रकम ः २,५३,४६८ (अक्षरमा दुई लाख त्रीपन्न हजार चार सय अडसठ्ठी रुपैया मात्र)



  • ६१ जना विधाथीहरुलाई कक्षा ११ र १२ अध्य्यनकोलागि आवश्यक रकमः ४,०६०,००० (अक्षरमा चालिस लाख साठी हजार मात्र)


हालसम्म दीनाभद्री छात्रवृति कोषमा योगदान गर्ने व्यक्ति तथा संस्थाहरु यस प्रकार छन्

व्यक्तिहरु ः कोमल शर्मा, सुदिप आले मगर, बरुण कुमार सिंह, सागर माझी, जीवन मल्ल, निलम भण्डारी, प्रकाश भट, बैजुनाथ रौनियार, केशव भोज स्मृती, हरिलाल ढकाल, मोहन नेपाल, सिमा बराल, एम आर महर्जन, क्याप्टन विष्णु प्रसाद श्रेष्ठ, अनिल सिग्देल, संतोष कुमार माझी, खुशवु अग्रवाल, डा. सुधिर खनाल, डा. लोक पोखरेल, जीवन बुढाथोकी, श्रीराम पुर्वे, सलिता सदा

क्याम्पसहरु ः मिट क्याम्पस, जनकपुरधाम, पब्लिक यूथ क्याम्पस, जनकपुरधाम, फ्लोरिडा एभरेष्ट कलेज, काठमाडौं, एलएमसी कलेज, लहान, रोयल सफटेक कलेज, लहान, अपोलो ओम हायर सेकेन्ड्री लगायतका कलेजहरुले समेत सहयोग गरेका छन् ।

यी ६१ जना मुसहर विधार्थीहरुलाई प्लस टु अध्य्यन पुरा गर्न अर्तिस लाख छ हजार पाँच सय बत्तिस रुपैयाको आवश्यकता अझै रहेको अध्यक्ष महतोले बताउनुभयो ।

६१ जना विधार्थीहरुले अध्य्यन गरि रहेका कलेज सहितको विवरण

पर्सा जिल्ला
विधार्थी संख्या ः ५ जना
विधाथीहरुको नाम ः सुनिल माझी मुसहर, जलन्धर माझी मुसहर, संजय माझी मुसहर, राजु माझी मुसहर, सामदेव माझी

कलेज ः श्री दिप नारायण उच्च शिक्षा स्कुल, पर्सा

रौतहट जिल्ला
विधार्थी संख्या ः ९ जना
विधाथीहरुको नाम ः जितेन्द्र माझी मुसहर, मनोज माझी मुसहर, अजय कुमार माझी, रामेश्वर माझी मुसहर, हरिन्द्र माझी मुसहर, प्रदिप माझी मुसहर, महेश माझी, दिपक माझी, राम प्रकाश माझी

कलेज ः जन ज्योती बहुमुखि क्याम्पस, चन्द्रपुर, केवल रामसुरत उच्च शिक्षा स्कुल, सिमरा भवानीपुर, श्री उच्च शिक्षा स्कुल हरिनगर मैधा, श्री शुभलाल भगवती उच्च शिक्षा सन्तपुर, ं

सिरहा जिल्ला 
विधार्थी संख्या ः २९ जना
विधाथीहरुको नाम ः इश्वर सदा, चांदनी कुमारी सदा, अजय कुमार सदा, अजय कुमार सदा, अशिया सदा, जानकी कुमारी सदा, हरि नारायण सदा, सबिता कुमारी सदा, सुनिता कुमारी सदा, जीत कुमार सदा, मन्दिप कुमार सदा, सुन्दर कुमार सदा, सुरज कुमार सदा, दिपेन कुमार सदा, दिपक कुमार सदा, रामगेन सदा, भिम बहादुर सदा, बसन्त सदा, महेश सदा, दिपिका सदा, चंन्द्रीका कुमारी सदा, राम उदगार सदा, राम पुकार सदा, ममता कुमारी सदा, रविन्द्र सदा, नरेन्द्र सदा, सुरेन्द्र सदा, विजय सदा, धिरेन्द्र्र सदा

कलेज ः श्री जनता नमुना हायर सेकेन्ड्री गोलबजार, रोयल सफ्टेक कलेज लहान, एल एम सी कलेज लहान, लिटिल स्टार क्याम्पस लहान, अपोलो ओम हायर सेकेन्ड्री लहान, ग्रिन ल्यान्ड हायर सेकेन्ड्री, मोहन हायर सेकेन्ड्री स्कुल, रामनगरा, श्री जनता बनौली हायर सेकेन्ड्री स्कुल, चौहवार्, श्री जनता हायर सेकेन्ड्री, सुखिपुर, श्री जनसेवा उच्च मा.वि., करजनहा)


सप्तरी जिल्ला
विधार्थी संख्या ः १४ जना
विधाथीहरुको नाम ः धर्मेन्द्र सदा, माधव सदा, ममता कुमारी सदा, सरिता कुमारी सदा, मनिषा कुमारी सदा, दिलिप सदा, संजय सदा, निरज सदा, अनिल सदा, अरुण सदा, जितेन सदा, शंकर कुमार सदा, चम्पा लाल सदा, सिवेन्द्र सदा

कलेज ः इन्फोल्यान्ड कम्पूटर टेक्निकल कलेज, एभरेष्ट इन्टरनेशनल हायर सेकेन्ड्री लहान, श्री गौतम हायर सेकेन्ड्री स्कुल, राजविराज, लाली गुरांस हायर सेकेन्ड्री, राजविराज, श्री जनता हायर सेकेन्ड्री स्कुल, कल्याणपुर, श्री प्राइम हायर सेकेन्ड्री स्कुल, विराटनगर, जगदम्बा हायर सेकेन्ड्री स्कुल, विराटनगर, श्री ठाकुरजी हायर सेकेन्ड्री स्कुल, बकधुवा

महोत्तरी जिल्ला 
विधार्थी संख्या ः १ जना
विधाथीहरुको नाम ः श्रीप्रसाद सदा
कलेज ः मिट क्याम्पस जनकपुरधाम

धनुषा जिल्ला
विधार्थी संख्या ः २ जना
विधाथीहरुको नाम ः रधुनाथ सदा, अजय सदा, लालबाबु सदा
कलेज ः मिट क्याम्पस जनकपुरधाम, र पब्लिक युथ क्याम्पस, जनकपुरधाम

सर्लाही जिल्ला 
विधार्थी संख्या ः १ जना
विधाथीहरुको नाम ः बबिता कुमारी माझी
कलेज ः श्री महावीर जनता उच्च मा वि हरिपुर, सर्लाही

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..