» » प्रधानमन्त्री प्रचण्डले आज मधेशी मोर्चासँग छलफल गर्ने


काठमाडौ भदौ २८ गते । भारत भ्रमणमा जानु अघि सविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने प्रतिवद्धता पूरा गर्न नसक्नु भएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले आज मधेशी मोर्चाका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

आज दिउँसो उहाँले आफ्नो सरकारी निवास बालुवाटारमा मधेशी मोर्चाका नेता तथा संघीय गठबन्धनका नेताहरुलाई पनि बोलाएर छलफल गर्ने भएको छ । भारत भ्रमणमा जानुअघि सविधान संशोधनको प्रस्ताव संसदमा लैजाने प्रतिवद्धता पूरा नगरेपछि मधेशी मोर्चाका नेताहरु क्रुद्ध बन्नु भएको छ ।

प्रस्ताव किन लग्न नसकिएको कुरालाई स्पष्ट पार्न आज उहाँले मोर्चाका नेताहरुलाई बोलाउनु भएको प्रधानमन्त्रीका नीजि सचिवालयले जनाएको छ । साथै सोही विषयमा छलफलमा गर्नका लागि अहिले नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कार्यालयको बैठक प्रधानमन्त्रीको नीजि निवास लाजिम्पाटमा बसिरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..