» » तमलोपा ठूलो पार्टी बन्नबाट चुकेकै हो त ?


काठमाडौ भदौ १६ गते । तराई मधेश लाकेतान्त्रिक पार्टीका केन्द्रीय सदस्य बीपी यादवले मधेशमा तमलोपालाई ठूलो बनाउने अवसर प्राप्त थियो तर त्यसलाई गुमाएको टिप्पणी गर्नुभएको छ ।

महाधिवेशनपछि पार्टीको नयाँ कार्यसमिति आइसकेपछि विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । कतिपय नेताहरुले फेसबुकदेखि समाचारपत्र मार्फत असन्तुष्टि पनि पोखेका छन् ।

 असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीको रामग्राममा भएको महाधिवेशनमा छुट्टै प्यानल बनाएर वरिष्ठ उपाध्यक्षको उम्मेदारी दिनु भएका बीपी यादवले दलमा सहमतिको वतावराण् सृजना होस् भनेर उम्मेदवारी फिर्ता लिनु भएको थियो ।

आज उहाँले पार्टी स्थापनाको दिनमा रहेका नेताहको नामावली सार्वजनिक गर्नुभएको छ । र, उहाँले लेख्नुभएको छ, –तराई मधेस लोकतान्त्रिक पार्टिको कार्य समितीको सुची यस प्रकार थियो तर पनि पाटीृमा उकुस र मुकुस भयो ।

 मधेश आन्दोलन वा मधेश विद्रोह पछि विभिन्न पार्टि त्याग गरे र निर्माण गरेको पार्टी तमलोपामा अन्य स्कुलिंगबाट आएका थिए । काँग्रेस, एमाले, राप्रपा, सद्भावना र फोरम छाडेर निर्माण भए ।’

नेताले भरि भराउ तमलोपामा केही नेताले धेरै नै अवसर प्राप्त गरेको आरोप लगाउँदै नेता यादवले केही पहाडी नेतृत्वमा रहेको पार्टीले दिने अवसर पनि गुमाएको टिप्पणी गर्नुभाये ।

साधन स्रोत भएका, संसार देखेका नेताहरुबाट बनेका तमलोपा मधेसका ठूलो पार्टीको रुपमा जनताले देख्न सकेकोमा राम्रो हुन्थ्यो तर त्यस्तो हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।

तमलोपामा व्यक्तिले फड्को मारे तर पार्टी र संगठन कमजोर भएको बताउँदै उहाँले नवलपरासीमा भएको महाधिवशेनबाट केही समास्या समाधान गर्ने बाटो खोज्नु पथ्र्यो तर त्यसबाट पनि चुकेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, पार्टी र संगठन भन्दा पदको सेटेगिंमा ठुलो नेतादेखि कार्यकर्तासम्म लागेका थिए ।’ अब आउने दिनमा निर्वाचन आयोग थ्रेसहोल्ड लगायो भने मधेसी दल बडो मुस्किलमा पर्ने निश्चित रहेको उहाँले दावी गर्नुभयो ।

तमलोपाका संस्थापक नेताहरुः
अभ्यक्ष:-महन्थ ठाकुर -सर्लाहि(1)


सदस्य:- हृदेश त्रिपाठी -नवलपरासि(2)


सदस्य:- राम चन्द्र राय -सर्लाहि(3)


सदस्य:-महेन्द्र राय यादव:-सर्लाहि(4)


सदस्य:-सर्वेन्द्र नाथ शुक्ला -रुपन्देहि (5)


सदस्य:-अनिस अनसारि -सप्तरी (6)


सदस्य:-राम चन्द्र कुशवाहा-पर्सा (7)


सदस्य:-बृषेश्चन्द्र लाल -धनुषा(8)


सदस्य:-कृष्णा यादव:-धनुषा(9)


सदस्य:-गाेविन्द चाैधरी-नवलपरासी(10)


सदस्य:-बृजेश कुमार गुप्ता:-कपिलबस्तु (11)


सदस्य:-दानबहादुर चाैधरी -कपिलवस्तु(12)


सदस्य:-राम कुमार शर्मा -महाेत्तरी(13)


सदस्य:- जितेन्द्र साेनल-वारा(14)


सदस्य:-गाेविन्द थारु -बर्दिया(15)


सदस्य:-हरि प्रसाद अमात्य -सप्तरी (16)


सदस्य:-डा.बिजय कुमार सिंह -धनुषा(17)


सदस्य:-गणेश नेपाली -महाेत्तरि (18)


सदस्य:-बलराम सिंह-राैतहट(19)


सदस्य:-गाेविन्द चौधरी -राैतहट(20)


सदस्य:-विश्वनाथ साह-सर्लाही(21)


सदस्य:-सत्यबत्ति कुर्मि-बाँके(22)


सदस्य:-कृत राम पंडित -वारा(23)


सदस्य:- दिलिप सिंह -सप्तरी (24)


सदस्य:-श्रिमती पुष्पा ठाकुर -सप्तरी (25)


सदस्य:-हरि बाबू चौेधरी -वारा (26)


सदस्य:-डा.पशुपति चाैधरी-सिरहा(27)


सदस्य:-प्रितम सिंह-काठमान्डु(28)


सदस्य:-श्रीमती चाँद तारा -पर्सा(29)


सदस्य:-त्रिनारायण राजवंशी -झापा(30)


सदस्य:-रतन कुमार गुप्ता- रुपन्देहि(31)


सदस्य:-कमलेश्वर पुरी-रुपन्देहि(32)


सदस्य:-बिजय कुमार गुप्ता-बाँके(33)


सदस्य:-अमरेश नारायण झा-धनुषा(34)


सदस्य:-केदार नाथ यादव-सिरहा(35)


सदस्य:-प्रदिप राय यादव-सर्लाहि(36)


सदस्य:-राजकिशाेर मण्डल-महाेत्तरि(37)


सदस्य:-शशिकांन्त मिश्र -सर्लाहि(38)


सदस्य:-शुभान अलि अंसारी-नवलपरासी(39)


सदस्य:-श्री मति चन्दा चौधरी -सर्लाही (40)


सदस्य:-राजेन्द्र यादव-राैतहट(41)


सदस्य:-राम प्रवेश बैठा-राैतहट(42)


सदस्य:-श्रीमती विनीता यादव-सप्तरी(43)


सदस्य:-राम नाथ बैठा-पर्सा(44)


सदस्य:-राम अषिश गुप्ता-सर्लाहि(45)


सदस्य:-राम बहादुर चाैधरी-कञ्चनपुर (46)


सदस्य:-अशाेक ज‍ग्ङराणा -नवलपरासी(47)


सदस्य:-डा.चतुरान्नदन पाठक-सुनसरि(48)


सदस्य:-डा.धनञ्जय यादव-वारा(49)


सदस्य:-विजय अग्रवाल -झापा(50)


सदस्य:-राजेन्द्र प्रसाद साह - सिरहा(51)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..