» » महोत्तरी घटनाको बारेमा सद्भावना पार्टीले निकाल्यो यस्तो विज्ञप्ति


२०७३ श्रावण ३२
प्रेस विज्ञप्ति
मधेश आन्दोलनको क्रममा भएको केही घटनाहरू लाई अतिरंजित तरीकाले अगाडि बढाउंदै नेपाल प्रहरीद्वारा कानूनी कार्रवाही शुरू गरेको प्रति सदभावना पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल सरकार  बीच भएको तीन बूंदे सहमति, नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री र उपप्रधान एवं गृहमन्त्री समेतले दिएको मोर्चासंगको बैठकमा बारम्बार दिएको आश्वासन विपरीत महोत्तरी जिल्लामा मोर्चाका नेता(कार्यकर्ता माथि राजनीतिक प्रतिशोधले नेपाल प्रहरीद्वारा दायर भएको मुद्दामा पक्राउ पुर्जी जारी हुनुले नेपाल सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीको नीयत माथि ठूलो शंका उब्जाएको छ ।

मधेश आन्दोलनको क्रममा भएको विभिन्न घटनामा पूर्ववर्ती सरकारको राजनीतिक दबाबमा नेपाल प्रहरी द्वारा दायर गरेको विभिन्न मुद्दाहरू खारेज गरिनु पर्ने, यस्ता घटनामा पक्राउ परेका मधेशी मोर्चाका नेता, कार्यकर्ता र आम जनतालाई तत्काल रिहा गरिनु पर्ने हाम्रो मांग यथावत् रहेको र यसमा सदभावना पार्टी दृढ रहने जानकारी गराउनु साथै हाम्रो मांगमा कुनै समझौता नगर्ने कुरा दोहोर्याउन चाहन्छौं ।

वर्तमान सरकारको मन्त्रिपरिषद बैठक निर्णय अनुसार माननीय उपप्रधानमन्त्री र गृहमन्त्री ज्यूले मुद्दा
फिर्ताको प्रक्रिया अघि बढाउन गृहमन्त्रालयका अधिकारीहरू लाई निर्देशन दिई सकेको अवस्थामा महोत्तरीमा आन्दोलनको घटनामा पक्राउ पुर्जी जारी गर्नु अत्यन्त दुर्भाग्यपूर्ण हो ।

मधेशी मोर्चा र सरकार बीच मधेशको समस्या समाधानका लागि प्रयास भई रहेको र सरकारको केही निर्णयले समस्या समाधान सकारात्मक दिशामा अघि बढेको र दुबै पक्षमा विश्वासको वातावरण बन्नै लागेको अवस्थामा नेपाल प्रहरीको यस कदमले मुद्दा सम्बोधनमा सरकारको प्रयासमा प्रश्नचिन्ह लागेको छ ।  महोत्तरीमा नेपाल प्रहरीद्वारा जारी भएको पक्राउ पुर्जी बारे गृहमन्त्रालयले तत्काल जवाफ दिनु पर्ने जोडदार मांग गर्दछौं । सरकार र मधेशी मोर्चाबीच वार्ता चलि रहेको अवस्थामा वार्तामा कुनै पनि नकारात्मक असर पार्ने र बन्दै गएको विश्वासको वातावरणमाथि संकट आउने कुनै पनि कदम न चाल्न नेपाल प्रहरीलाई पनि संयमता र धैर्यता अपनाउन अपील गर्दछौं ।

साथै सदभावना पार्टी झुठा मुद्दामा फंसेका र आन्दोलनको क्रममा पक्राउ परेका सबै आन्दोलनकारीको हरेक क्षण साथ रहने र सरकारले मांग पूरा नगरे सम्म दबाब बनाउने र मांग पूरा नगरे त्यसको विरूद्धमा कडा कदम चाल्ने प्रतिबद्धता जनाउंद छ ।

 .............................................
(मनिष कुमार सुमन)

    महासचिव




सहारा टाइम्समा आएको न्युज यस्तो थियो


गृहमन्त्रीज्यू महोत्तरीमा यो के गर्नुभएको ?




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..