» » शरतसिह भण्डारीले गराउनु भयो पार्टी प्रवेश


सर्लाही भदौ १४ गते । राष्ट्रिय मधेश समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममार्फत सर्लाहीमा विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा प्रवेश गरेको छ ।

सर्लाहीको बसन्तपुर, हरिपुरवा, जिगर्वा, गजरिया, पर्सा, संग्रामपुर र मलङवाका कार्यकर्ता तथा नेताहरु प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले टिका लगाएर स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा पार्टीका सचिव रितेश सिंह, सदस्यहरु शम्भु साह, अशोक पाण्डे, नवीन काफ्ले, महेश्वर यादव, हरि गोले, विद्यार्थी संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञाणु लगायतका नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा सर्लाही जिल्ला अध्यक्ष दिनेश राय यादवले नवप्रवेषीलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..