» » मधेशी मोर्चासँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न सरकार तयार


काठमाडौ साउन २१ गते । नकेपा (माओवादी केन्द्र), काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको साउन १९ गते तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न सरकारले आजबाट प्रकृया आगाडि बढाउने भएको छ । सम्भवतः आजैको क्याविनेटबाट मधेशका मुद्दालाई सम्बोधन गरिने विश्वास व्यक्त भएको छ ।

तीन बुँदे सम्झौताको बारेमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले मोर्चाका नेताहरुसँग आज आफ्नो कार्यकक्षमा गरेको छलफलपछि सो प्रकृया अगाडि बढाउने उहाँल आश्वासन दिनुभएको हो ।

सहिद घोषणा, सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेलाई निशुल्क उपचार, अपाड्लाई जीवन यापनका लागि व्यवस्था, आन्दोलनको बारेमा छानविन आयोग गठनलगायतका सहमतिहरु पूरा गर्ने प्रकृया शुरु गर्ने प्रधानमन्त्री प्रचण्डले प्रचिवद्धता जनाएको बैठकमा सहभागि नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले बताउनु भयो ।

सम्भवत आज बस्ने मन्त्रीपरिषद्को बैठकबाट नै केही नकेही निर्णय हुनसक्छ, झाले भन्नुभयो, तत्कालै गर्न सक्ने, तत्कालै गर्ने, समय लाग्नेलाई समय लिएर गर्ने कुरा भएको छ ।’

क्षतिपूर्ति दिने, घाइतेलाई निशुल्क उपचार खर्चलगायतका विषय तत्कालै गर्न सकिने विषय हो, त्यसलै यो गर्नमा कुनै समस्या नरहेको बताउँदै उहाँले सहिद घोषणा, आयोग गठनलगायतका विषयमा दुई चार दिन समय लाग्न सक्छ तर सरकारले तीन बुँदे सम्झौता कार्यान्वयनको पक्षमा सकारात्मक देखिएको झाले बताउनुभयो ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले तीन बुँदे सम्झौता कार्यान्वयनमा सरकार गम्भीर देखिएको बताउँदै छानविन आयोग र सहिद घोषणा गर्नका लागि आन्तरिक रुपमा एउटा समिति बनाएर गृहकार्य गर्ने पनि छलफल भएको बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..