» » प्रचण्डका प्रतिद्धन्दीले पनि दिनुभयो शुभकामना

काठमाडौ साउन २१ गते । सिरहा क्षेत्र नं. ५ मा नेकपा माआवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डका सविधानसभा चुनावमा प्रतिद्धन्दी रहनु भएका संघीय समाजवादी फोरम नेपालका नेता विष्णु साहले पनि प्रचण्ड प्रधानमन्त्री भएकोमा शुभकामना दिनुभएको छ ।

सिरहा क्षेत्र नं. ५ बाट जित्नु भएका प्रचण्ड आज प्रधानमन्त्री बन्नु भएको छ, सो क्षेत्रका जनताका लागि यो भन्दा खुशी अरु के हुनसक्छ, उहाँले भन्नुभयो, तर सभासदमा जितेपछि उहाँले विभिन्न आश्वासनहरु बाँड्नु भएको थियो, हालसम्म पूरा गर्नुभएको छैन । अब प्रधानमन्त्री भएपछि क्षेत्रका जनतालाई दिनु भएका आश्वासनहरु पूरा गर्नुहुन्छ भनि विश्वास लागेको छ ।

चुनावी दौडमा जो पनि प्रतिद्धन्दी हुनसक्छ तर चुनाव सकिएपछि त्यस्तो केही बाँकी रहदैन, अब आफ्नो क्षेत्रका संसद भएका कारणले उहाँमाथि नै आशा गर्न सकिन्छ, त्यसमा पनि उहाँ प्रधानमन्त्री पनि बनेको भन्दै नेता साहले प्रधानमन्त्री प्रचण्डका लागि चुनावमा जितेको मूल्य चुकाउने बेला आइसकेको बताउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..