» » भागबण्डामा पाए विमल श्रीवास्तावले तमलोपाको प्रवक्ता


काठमाडौँ,  भदौ १५ गते । तराई–मधेस लोकतान्त्रिक पार्टीले प्रवक्तामा विमलप्रसाद श्रीवास्तवलाई जिम्मेवारी दिएको छ ।

पहिलो सविधानसभा चुनावमा राप्रपाको तर्फबाट लड्नु भएका श्रीवास्तव चुनाव हारेका थिए । चुनाव हारेपछि उहाँ तमलोमा प्रवेश गुर्नभयो । पर्साबाट दोस्रो सविधानसभा चुनाव तमलोपाबाट लड्नु भएका उहाँ चुनाव हार्नुभएको थियो ।

ज्ञानेन्द्र साहको पालामा नगरपालिकाको मेयरमा जित्नु भएका उहाँ पर्सा जिल्लामा राजावादीको रुपमा चिनिएको छ । तमलोपामा राजनीतिक शुरु गरेदेखि धेरैजसो समय वीरगञ्जमा बित्ने गरेको छ । त्यही भएर होला, केन्द्रीय राजनीतिकमा पकड छैन ।

“पार्टीको विधान, २०६४ को पहिलो संशोधनको दफा १४९ग० को अनुसार पार्टीको प्रवक्ता पदमा श्रीवास्तवलाई चयन गरिएको छ”–अध्यक्ष महन्थ ठाकुरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको समग्र हितमा समर्पित भई आफ्नो जिम्मेवारी पालनाको निमित्त सम्पूर्ण क्षमताका साथ कार्य गर्ने विश्वास गर्दै प्रवक्तामा चयन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..