» » बस दुर्घटना भएपछि हराएकामध्ये तीनजनाको शव फेला

काठमाडौ भदौ १४ गते ।  चार दिन अघि चितवनको चण्डीभन्ज्याङ –६ कालीखोलामा गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको त्रिशुली नदीमा खस्दा हराइरहेका मध्ये हिजो साँझ तीन जनाको शव फेला परेको छ ।


दुर्घटनामा चार भारतीय सहित २२ को ज्यान गएको थियो । दुर्घटनामा १६ घाइते भए ।

हराइरहेको मध्ये तीनको शव फेला परेको चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सनाखत हुने काम जारी छ ।’

तीनैजनाको शव दुर्घटनास्थलबाट झण्डै ६० किलोमिटर दक्षिण मेघौली र त्रिवेणीको ब्यारेजमा फेला परेको प्रहरीले जनाएको छ ।

चलान अनुसार चालक सहित ४२ यात्रु रहेको र तीनमा ४ जना मात्र बेपत्ता भएको जनाएको छ । तर बसमा यात्रा गरेकाहरु बेपत्ता भएकोले खोजतलास गरी पाउँ भनी रौतहट जिल्लाव प्रहरी कार्यालयमा १२ जनाले निवेदन दिएको प्रहरीले जनाएको छ । ‘

बसमा गौरबाट ३० र चन्द्रनिगाहपुर काउण्टरबाट ९ यात्रु चढेका थिए । यात्रु बोकेर बिहीबार साँझ ७ बजे छुटेको बस बिहान साढे ३ बजे नदीमा खसेको हो । मृतकमा १९ पुरुष र ३ महिला छन् । ९ पुरुष २ महिला र ५ बालक घाइते छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..