» » पोखरीमा डुवेर बृद्धको मृत्यु


महोत्तरी, साउन २४ गते । महोत्तरी जिल्लाको धीरापुर गाविसका एक वृद्धाको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको धीरापुर गाविस–५ बस्ने ७० वर्षीया प्यारीदेवी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अत्यधिक गर्मी भएकाले घर नजिकै रहेको पोखरीको डिलमा घुमफिर गर्न गएकी वृद्धा ठाकुरको पोखरीको डिलबाट पानीमा लड्दा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

मृतक वृद्धाको शव परीक्षणका लागि आइतबार साँझ नै जिल्ला अस्पताल जलेश्वर ल्याइएको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..