» » राजेन्द्र र महन्थको फोन नउठाउने गृहमन्त्री निधि मनिषको उठाउने किन ?

काठमाडौं भदौ १५ गते । मधेसी दलकै समर्थनमा गठ्रन भएको प्रचण्ड नेतृत्वको सरकारबाटै मधेसी नेता उपेक्षामा परेका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका मधेसकै नेता विमलेन्द्र निधिले मधेसका शीर्षस्थ नेताको फोन नउठाएसँगै उनीहरु निधिसँग बिच्किएका हुन् ।

भएको चाहिँ के रहेछ भने मधेसका नेता राजेन्द्र महतो तारन्तार गृहमन्त्री निधिलाई फोन सम्पर्क गर्दा रहेछन् । तर, उनको फोन आएसँगै विमलेन्द्रले विजी मोडमा राखिदिने र फोन नै नउठाइदिँदा उनी हत्तु भए ।

उही हालतमा रहेछन्, महन्थ ठाकुर पनि । जब–जब महन्थ फाोन सम्पर्क गर्छन्, उनको फोनसमेत विमलेन्द्रले रिसिभ नगर्ने ।

कहिले ‘बिजी मोड’ मा राखिसदने, कहिले ‘कल डाइर्भट’ गरिदिने । यसरी मधेसका अधिकांश नेता विमलेन्द्र निधिले फोन रिसिभ नगरेर हतु भएका छन् ।

मधेसका अधिकांश शीर्षस्थ नेताको फोन उनले रिसिभ नगरिरहँदा राजेन्द्र महतोको पार्टीका महासचिव मनीष सुमनको फोन रिङ जानै नपाई निधिल रिसिभ गरेसँगै अहिले मधेसी मोर्चामै हल्लीखल्ली मच्चिएको छ ।

अहिले निधि र मनीष सुमन को केमेस्ट्री यतिबिघ्न मिल्नुको कारणको खोजी मधेसी मोर्चाभित्र हुन थालेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..