» » दुर्घटनामा परि चालकको मृत्यु


राजविराज, भदौ १४ गते । सप्तरीको कटैया गाविसमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

कटैया ७ स्थित नहरमा मोटरसाइकल दुर्घटना परी मोटरसाइकल चालक जिल्लाको वसबिट्टि गाविस ६ निवासी २५ वर्षिय उमेशकुमार रजकको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते रजकलाई उपचारका लागि धरान पठाइउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
पश्चिमबाट पुर्व तर्फ जादै गरेको स ६ प ९२६२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थान ६ निवासी ८ वर्षिया पैदलयात्री आशाकुमारी मण्डल र मोटरसाइकल पछाडी सवार महेशकुमार रजक घाइते भएका छन् ।

सामान्य घाइते भई स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..