» » मधेशी मोर्चाले आन्दोलनमा भएको धनजनको क्षतिको विवरण सरकारलाई बुझाउँदै


काठमाडौ साउन ३० गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा संघीय गठबन्धनले तराई मधेशको आन्दोलनमा भएको धनजनको क्षतिको विवरण आज सरकारलाई बुझाउने भएको छ ।

आन्दोलनमा मृत्यू भएका, घाइते भएका, थुनामा रहेका, मुद्दा लागेकाहरु विवरण सरकारले मागेपछि मधेशी मोर्चा त्यसको तयारीमा जुटेको छ । गत शुक्रवार बसेको मोर्चा तथा गठबन्धनको सचिवालयको संयुक्त बैठकले सो विवरण बारेमा छलफल भएको हो ।

 आज सम्पूर्ण विवरण तयार गरी आजै बेलुका पाँच बजे गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाउने तयारी भइरहेको तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताउनुभयो ।

आज विहान १० बजे सचिवालयको बैठक बसि विवरण तयारी गरी दिउँसो एक बजे मधेशी मोर्चा तथा गठबन्धनका शीर्ष तहको बैठक बसि त्यसलाई अन्तिम रुप दिने राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी गराउनु भयो । एक बजे बस्ने बैठकले विवरणमा गठबन्धन तथा मोर्चाका नेताहरुले हस्ताक्षर गरी सरकारलाई बुझाउने तयारी रहेको बताइएको छ ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएपछि बसेको मन्त्रीपरिषदको दोस्रो बैठकले सहिद घोषणा गर्ने, घाइतेलाई उपचार खर्च दिने, पीडितलाई क्षतिपूर्ति दिने, बन्दी रिहाय गर्ने  मुद्दा फिर्ता लिनेलगायतको निर्णय गरेका थिए ।
मधेश आन्दोलनका घाइते रघु साफीका बारेमा जानकारी लिनु हुँँदै पत्रकार आर एन विश्वास

सोही निर्णय अनुसार सरकारले पनि जिल्ला जिल्लाबाट विवरण संकलन गरिरहेका छन् र मधेशी मोर्चालाई समेत विवरण दिन भनेको छ ।

नेता यादवले भन्नुभयो, भोलीसम्म सम्पूर्ण जिल्लाबाट मृतक, घाइते, बन्दीहरु विवरण प्राप्त हुन्छ र पर्सी मधेशी मोर्चामा आवद्ध सातै दलका अध्यक्षले हस्ताक्षर गरी गृहमन्त्री निधिलाई बुझाउनेछ ।’

मधेश आन्दोलनमा प्रहरीसहित ६४ जनाको ज्यान गएको मधेशी मोर्चाको रेकर्डमा छ तर जिल्लाबाट विवरण आउन बाँकी रहेको मोर्चाका नेताहरुले जनाएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मधेश आन्दोलनमा मृत्यू भएका ४० जना मृतक परिवारलाई क्षतिपुर्ति दिसकेको छ । र, बाँकी मृत्यकको बारेमा छानविन भइरहँदा सरकार ढलेको थियो ।
सहिद रोहन चौधरीका आमा

त्यस्तै देशका विभिन्न सरकारी तथा नीजि अस्पतालमा उपचार गराएका अधिकाँश घाइतेलाई रकम दिइसकेको एमालेका नेता एवं पूर्व रक्षा तथा गृहमन्त्री भिम रावलले दावी गर्नुभएको  छ ।

उहाँले भन्नुभयो, गृहमन्त्रालयले कति रकम दियो त्यो यकिन मलाई थाह भएन तर पाँच दश जना बाँकी होला नभए सबैले रकम बुझिसकेको हुनुपर्छ ।’ गृहमन्त्रालयले बनाएका घाइतेको लिस्ट लिएर मधेशी मोर्चाका नेताहरुसँग आफूले छलफल गरि यसमा पैसा लिन को को छुटेको छ भनि नाम माग्दा कोही बाँकी नरहेको प्रतिकृया आफूलाई दिएको मन्त्री रावलले बताउनुभयो ।

घाइतेहरुले रकम लिएको लिस्ट अझै पनि गृहमन्त्रालयमा सुरक्षित होला भन्दै उहाँले रकम बुझ्न बाँकी रहेका घाइतेको विवरण जिल्लाबाट मगाउने कार्य जारी थियो त्यति बेला नै एमाले नेतृत्वको सरकार हटेको बताउनु भयो ।

वार्ता समिति तथा कार्यदलमा रहेर मधेशी मोर्चासँग पटक पटक वार्ता गर्नुभएको उहाँले ४४ जना मृतकका परिवारले पनि १० लाखको दरले क्षतिपूर्ति पाइसकेको नपाएको बारेमा छानविन भइरहेको थियो भनि जानकारी गराउँदै क्षतिपूर्ति दिन थोरै बाँकी रहेको पनि प्रतिकृया दिनुभयो ।
मधेश आन्दोलनका घाइते सरेन्द्र मण्डल (सप्तरी) 

तर मधेशी मोर्चाका एक घटक राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव एवं प्रवक्ता केशव झाले घाइतेमध्ये धेरैले रकम नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, गृहमन्त्रालयमा ५०–६० जना घाइतेको विवरण मात्र रहेको छ जब कि दुईहजार भन्दा बढी घाइते भएका छन् ।’ पाँचसय जनाभन्दा माथि मुद्दा लगाएको छ भने पचासजना भन्दा बढी आन्दोनलकारी थुनामा रहेको बताउँदै उहाँले जिल्लाबाट थप विवरणहरु आउन बाँकी रहेको दावी गर्नुभयो ।

थुप्रै घाइते भएकाले दलीय हिसाबले विवरण लिन गाह्रो हुने भएकाले सरकारीस्तरबाट घाइतेका लागि सुचना जारी गरेर विवरण माग गरी क्षतिपूर्ति दिने व्यवस्था गर्दा राम्रो हुने मोर्चाको ठहर रहेको झाले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..