» » राजेन्द्र महतोसँग शैल महतोको पहिलो कुराकानी यस्तो छ


सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पटक–पटक सांंसद र मन्त्री हुनुभयो । पछिल्लो संविधानसभा चुनावमा गृहजिल्ला सर्लाहीबाट उम्मेदवार बन्नुभएका उहाँ पराजित हुनुभयो । तर, पत्नी शैली महतोलाई समानुपातिकतर्फबाट सभासद् बनाएपछि उहाँको आलोचना भयो । मिडिया फ्रेन्ड्ली नेता महतो आक्रामक अभिव्यक्तिका कारण बेला–बेलामा विवादमा पनि पर्छन् । महतोका श्रीमती सांसद शैल महतोसँग गरिएको कुराकानी यस्तो छ ।
१. तपाईंहरूको बिहे कहिले भएको हो ?
२०३७ साल असार १० गते भएको हो ।

२. प्रेम विवाह कि मागी विवाह ?
मागी विवाह हो ।ज्ञद्द

३. तपाईंको माइती कुन ठाउँ हो ?
सर्लाहीकै पारि भारतको सीतामणि हो माइती ।

४. एक–अर्कालाई हेरेर बिहे गर्नुभयो कि अभिभावकले नै टुंगो लगाइदिनुभयो ?
मेरा ससुरा र बुबाले कुरा गर्नुभयो । उहाँहरूले नै बिहेको टुंगो लगाउनुभयो ।

५. तपाईंलाई सोध्नु नै भएन ?
आमाले ‘यस्तो केटा छ, बिहे गरिदिन लागेका छौँ,’ भन्नुभयो । मेरो उमेर नै बुझ्ने खालको भएको थिएन, १४ वर्षकी मात्रै थिएँ । मैले पनि ‘हुन्छ’ भनिदिएँ ।

६. बिहेअघि एक–अर्कालाई हेर्न पनि पाउनुभएन ?
एकैपटक बिहेमा एक–अर्कालाई देखेका हौँ । उहाँ सर्लाहीबाट जन्ती लिएर सीतामणि आउनुभयो । चार सय त जन्ती थिए । हाम्रोमा फेरि बिहे चार दिन हुन्थ्यो ।

७. दुईजनाबीच पहिलो बोलचालमा के कुरा भयो, अहिले सम्झिनुहुन्छ ?
चौथो दिन मलाई ९दुलही० लिएर जन्ती घर फर्किंदै थियो, गाडीमा मलाई उल्टी (भमिट) भयो । त्यतिखेर उहाँले मेरो एकदमै ख्याल गर्नुभयो । ‘कस्तो छ अहिले’ भनेर सोध्नुभयो । सायद, हामीबीच भएको पहिलो बोलचाल त्यही हो ।

८. दाइजोमा कति सम्पत्ति ल्याउनुभयो ?
८–१० तोला सुनका गहना थिए । मेरो घरबाट उहाँलाई अलिकति नगद पनि दिनुभएजस्तो लाग्छ ।

९. बुहारी बनेर नेपाल भित्रिनुभयो, घरपरिवार र छिमेकीहरूले ‘नयाँ बुहारी’ हेरेर कस्तो प्रतिक्रिया जनाए ?
नयाँ दुलही आउँदा ‘कस्ती रहिछे’ भनेर गाउँभरिका महिलाहरू हेर्न आइहाल्छन् नि । उनीहरूमध्ये केहीले मेरा ससुरासँग ‘दाइजो बढी ल्यायो, केटी राम्रो ल्याएन’ भनेको सुनेँ ९हाँसो० । चार–पाँच दिन घर बसेर म ६ महिना माइतीमै बसेँ ।

१०. त्यसबीचमा दुईजनाको भेटघाट हुन्थ्यो कि हुँदैनथ्यो ?
भएन । एकपल्ट सीतामणिमा भेट्ने कुरा भएको थियो तर, उहाँ आउन पाउनुभएन । टेलिफोनमा कुरा हुन्थ्यो, उहाँले चिठी, कार्डहरू पठाउनुहुन्थ्यो ।

११. चिठीहरूमा सायरी कत्तिको लेख्नुहुन्थ्यो ?
लेखेको हुन्थ्यो नि । तर, अहिले ठ्याक्कै याद छैन । कहिलेकाहीँ मेरा साथीहरूको हातमा पथ्र्यो, उनीहरूले जिस्क्याउँथे ।

१२. बिहान कति बजे उठ्नुहुन्छ ?
हरेक दिन पाँच बजे उठ्नुहुन्छ, यो उहाँको रुटिन नै हो ।

१३. चिया–कफी के रुचाउनुहुन्छ ?
बिहान खाली पेट केही पनि खानुहुन्न । ब्रेकफास्ट गरेपछि मात्रै चिनी नराखेको दूधचिया खानुहुन्छ ।

१४. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ नि । बिहान आधा घन्टा घरको छतमा कुद्नुहुन्छ । पहिला त बाहिर नै जानुहुन्थ्यो, अचेल छतमै कुद्नुहुन्छ ।

१५. योगा पनि गर्नुहुन्छ ?
गर्नुहुन्छ । छतमा कुदिसकेपछि कोठामा आएर रामदेवको योगा गर्नुहुन्छ । करिब आधा घन्टा अनुलोमविलोम, कपालभाँतीलगायतका आशन गर्नुहुन्छ ।

१६. कहिलेदेखि गर्न थाल्नुभएको ?
पहिलेदेखि नै हो । काठमाडौंमा हुँदा कहिल्यै छुटाउनुहुन्न । जिल्लामा भएका वेला भने बिहानैदेखि कार्यकर्ता भेटघाटमा व्यस्त बन्नुहुन्छ ।

१७. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ ?
साँझमा त गर्नुहुन्न ।

१८. राति कतिखेर सुत्नुहुन्छ ?
९–१० बजेसम्म सुतिसक्नुहुन्छ ।

१९. सुत्नुअघि केही खाने बानी छ ?
छैन ।

२०. बिहानको खाजामा के लिनुहुन्छ ?
कहिले केही, कहिले केही लिनुहुन्छ । प्रायस् ओट, स्याउ, उसिनेको अन्डा, ब्रेड, कन्फ्लेक्स लिनुहुन्छ ।

२१. खानामा के मन पराउनुहुन्छ ?
उसिनेको चामलको भात, दाल, तरकारी, भुजिया, दही खानुहुन्छ ।

२२. माछामासु नि ?
माछा एकदमै मन पराउनुहुन्छ । तर, खानामा नभइहुन्न भन्ने हुँदैन । मटन उहाँले रुचाउनुहुन्न । चिकनमा पनि खासै रुचि देखाउनुहुन्न ।

२३. दिउँसो खाजा के खानुहुन्छ ?
बाहिर हुनुभयो भने त्यही चिया, बिस्कुट खानुहुन्छ । नत्र प्रायस् खाजा खाने वेला घरमै आउनुहुन्छ । चामलको रोटी, मकैको रोटी, भुटेको चिउरा, उसिनेको मकै आदि खान्छौँ ।

२४. रातिको खानामा के रुचाउनुहुन्छ ?
रातिमा रोटी, तरकारी, दूध खानुहुन्छ ।

स्रोतः नयाँ पत्रिका

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..