» » मधेशका घुमुवा प्रहरीः खबर संकलन कम र अर्थ संकलन बढी


आर.के. मण्डल (धानुक)
तराई मधेशका सिमा क्षेत्रमा सशस्त्र तथा नेपाल प्रहरीका दुई दर्जन भन्दा बढी सदा पोशाकका प्रहरीहरु परिचालन भएका छन् । खासमा यिनीहरुको काम गोप्य सूचना उपल्बध गराएर अपराधिक गतिविधि नियन्त्रण गर्नु हो । तर यिनिहरुले यति मात्र गर्दैन, अबैध धन्धा गर्नेसँग साँठगाँठ गरेर रकमको चलखेल पनि गर्ने गर्छन् । तस्करीको लाइन मिलाउनेदेखि महिनबारी उठाउने सबै जिम्मेवारी यिनिहरुकै काँधमा हुन्छन् ।

स्रोतका अनुसार, सिरहा सप्तरी तथा उदयपुरमा नेपाल प्रहरी र सशस्त्र गरी दुई दर्जन भन्दा बढी घुमुवा प्रहरीहरु परिचालीत छन्, उनीहरुको काम अपराध नियन्त्रण गर्नुभन्दा पनि तस्कारहरुलाई लाइन मिलाई दिनु हो । त्यही भएर प्रहरीका हाकीमले आफ्ना निकटका घुमुवा राखो हुन्छन् जसले गर्दा आम्दानी होस् ।

सप्तरीको महुवा बेल्ही, धाती नाका, बैरयाही, रामनगरकोदरकटी, कुनौली, सिरहाको ठाडी, बरियारपटि सुपारी, गाई तस्करी, खानेतेल, मोटरका पार्टस लगायतका अबैध कारोबारका ट्रान्जिट पोवाइन्ट भएकाले यहाँ घुमुवामा काम गर्न प्रहरीहरुल माथिबाट सोर्स लगाई रहेका हुन्छन् । सिमा क्षेत्रमा बर्दीबाला भन्दा सादा पोशाकका प्रहरी बढी देखिन्छ । कुशहाका एक व्यापारीले व्यंग गर्दै भने क्षेत्र, अञ्चल, जिल्ला  र इलाका प्रहरीका घुमुवा एकै ठाँउ भेला हुँदा त बर्दीवाला भन्दा बढी नै हुन्छन् ।

एक साना व्यापारीले भन्नुभयो, घुमुवाहरु साना व्यापारीलाई सास्ती दिने र ठूला व्यापारीको अघिपछि लागेर लाभ लिने गर्छन् । सिमा क्षेत्रमा अबैध तस्करी रोक्न पाइलैपिच्छे सुरक्षाकर्मी परिचालित छन् । तर तस्करी २० को उन्नाइस भएको छैन् । प्रहरीले प्रतिकिलो ५ रुपैयाँ लिएर लाइन लिन्छन् । तर यसबारे घुमुवा जानकार छ तर हाकीमलाई सूचना गर्नुको साटो कुरा बाहिर नलग्ने सर्तमा आफनै सहकर्मीसँग घुस लिन्छन् ।  

घुमुवाका नाममा विकृति बढेपछि नेपाल प्रहरी विभाग र सशस्त्रले २०६५ सालदेखि त्यस्तो संरचना खारेजको छ । प्रहरीलाई घुमुवाको रुपमा परिचालन गर्ने सरकारी नीति नै नभएको एक सशस्त्र प्रहरी अधिकृतले बताउनुभयो । घुमुवालाई विशेष प्रहरी पनि भन्ने गरिन्छ । यस्ता प्रहरी प्रायः जसो सादा पोशाकमा हुन्छन् ।

आफु कार्यरत प्रहरी कार्यालयलाई गोप्य सुचना उपल्बध गराएर अपराधि गतिविधि नियन्त्रण गर्न  र अपराधि पक्राउ गर्न सघाउनु उनीहरुको मुख्य जिम्मेवारी हो । तर सिरहा सप्तरीमा प्रहरी खबर संकलन कम र अर्थ संकलनमा बढी केन्द्रित हुने गरेको पाइएको छ । व्यवसायी, अबैध कारोबारी, ठेक्कापाठा व्यवसायीहरुसंग उनीहरुको बढी उठबस हुन्छ ।

गाविस छाडेर प्ररहीमा भिडभाड

गाँउविकास समितिले स्थापना गर्नुपर्ने उजुरी तथा छलफल डेस्क गठन नगर्दा सिरहा तथा सप्तरीको प्रहरी कार्यालयहरुमा गाँउघरका झगडियाहरुको अनावश्यक भिडभाड हुने गरेको छ । गाँउघरमा हुने महिला ंिहंसा, जग्गाजमिन, साँघसघियाँर, कुलौपैनि तथा विभिन्न किसमिका  समाजिक उजुरीका बारेमा  प्रारम्भिक छलफल र निर्णय गर्ने अधिकार गाविसको कार्यालयलाई भएपनि सो सम्बन्धी उजुरी डेस्क नराख्दिा प्रहरी कार्यालयहरुमा अनावश्यक भीड बढ्ने गरेको हो ।

स्थानिय निकायमा जनप्रतिनिधि हुँदा त्यस्ता किसिमका घटना गाविसका जनप्रतिनिधिले नै छिनोफानो गर्ने गर्दथे तर स्थानिय निकाय जनप्रतिनिधि विहिन भएपछि गाविस सचिवले कार्यभार सम्हाले पनि त्यस्तो छलफल गाविसको कार्यालयमा हुने गरेको छैन । सो कारण कार्य क्षेत्र नपर्ने भएपनि त्यस्ता घट्नाको उजुरी नजिकको प्रहरी कार्यालयमा जाने गरेको छ ।

जिल्ला विकास समिति सिरहाले सिरहाका सबै गाविस सचिवहरुलाई  गाँउगाँउमा हुने घटनाको प्रारम्भिक सुनुवाई तथा छलफल गर्न गाविसको कार्यालयमा उजुरी डेस्क गठन गर्न पत्राचार गरेको थियो तर गाँउ विकास समितिमा विकासे योजना र कार्यालय सञ्चालनमा मात्र सिमित भएका गाविस सचिवले त्यस्तो डेस्क अहिलेसम्म सिरहाको कुनै पनि गाविस कार्यालयमा गठन गरेको छैन ।

पहिले पहिले जनप्रतिनिधि हुँदा यस्ता घटना प्रहरी कार्यालयमा पुग्दैन्थे लक्ष्मीपुर पतारीका अवकाश प्राप्त प्रधानअध्यापक निलाम्वर सिंहले भन्नुभयो—‘तर अहिले त्यस्ता उजुरी गाविसमा आँउनुको साट्टा प्रहरी कार्यालयमै छिनोफानो हुने गरेको छ । जिल्ला विकास समिति सिरहाको कडा निर्देशनपश्चात सिरहाका गाविस सचिवले अहिले गाँउमै बसेर काम गर्न थाले पनि उजुरी गाविसको कार्यालयमा आउने गरेका छैनन् ।’

सिरहाका दक्षिण भेगमा रहेका महेशपुर पतारी लगायत एक दुई गाविसका सचिवहरु मात्रै असुरक्षाको बहानामा गाविसको कार्यालयमा बसि रहेका छैनन् । उजुरी नआएकाले पनि गाविस सचिवले स्थापना गर्नु पर्ने उजुरी डेस्क  र त्यसका लागि मध्यस्ता समिति गठन गर्ने तर्फ ध्यान नपुगेको प्रध्यापक सिहको टिप्पणी छ ।

त्यस्ता घटना प्रहरीको कार्य क्षेत्रमा नपर्ने भएपनि पछि तिनै विषयले झैझगडा हुने  भएकाले शान्तिसुरक्षका लागि छलफल गराउनु पर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  कतिपय घटनामा  दुवै पक्षलाई मिलाई दिनु भनेर जिल्ला प्रशासन कार्यालयले नै निर्देशन समेत दिने गरेको प्रहरी कार्यालयले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..