» » भ्रष्टाचारी अन्त्य गर्न सूचनाको हक प्रयोग गर्नु


मनिष गुप्ता
कपिलबस्तु भाद्र ४ गते । राष्ट्रिय सूचना दिवसको अवसरमा कपिलबस्तुमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुको आयोजना, जिल्ला बिकास समितीको सहयोग र नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रशासन कार्यालय कपिलबस्तुका उपसचिव मेघनाथ उपाध्याको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले देशमा बढेको व्याप्त भ्रष्टाचारलाई निर्मुल गर्न सबैले आ–आफ्नै ठाउबाट सुचनाको हक प्रयोग गर्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ कपिलबस्तु्का संस्थापक सभापति नारायण पौडेल, उपसभापति किरणमान बज्राचार्य, संचारिका समुह कपिलबस्तुका अध्यक्ष पार्वती पाण्डे, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठ, नेपाल सद्भावनाका जिल्ला अध्यक्ष डा. केपि शर्मा जनसन, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष शतिसचन्द्र गुप्ता, युवा नेता दिपक पाण्डे, तमलोपाका जिल्ला अध्यक्ष रामदास गुप्ता, एमाले नेता चक्र अर्याल, नेपाली कांग्रेसका जिल्ला सचिव महेन्द्र पाठक लगायतले राज्य सुचनाको हक कार्यन्वयन गर्न गम्भीर नरहेकोले सर्वसाधारणहरु यसको जानकारीबाट बञ्चित रहेको आरोप लगाएका छन् ।

उनीहरुले सुचनाको हकको प्रवद्धर्न गर्ने जिम्मेवारी राज्यको रहेतापनि अनियमितता खुल्ने त्रासको कारण राज्य पक्षले जानीबुझी हकको कार्यान्वयन गर्न नखोजेको आरोप लगाएका छन् । सुचना र पत्रकारहरुको लागि रगतकै जस्तै भएकोले यसको कार्यन्वयनमा ल्याउन पत्रकारहरुले समेत महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उनीहरुले जोड दिएका थिए ।

यसैगरि कार्यक्रममा पत्रकारहरुले अझै पनि मागेको सुचना निर्वाध रुपमा पाउन नसकेको बताएका छन् । कार्यक्रममा सहभागि पत्रकारहरुले सरकारी कार्यालयबाट आफुहरुले मागेका सुचनाहर सजिलै प्राप्त हुन नसकेको बताएका हुन् ।

पत्रकार एवं सुचना अभियन्ता बसन्त बन्जाडेले सबै सरकारी कार्यालयहरुमा सुचना अधिकारी नतोकिएको र तोकिएको भएपनि उनीहरुलाई पूर्ण अधिकार नदिईएको बताउनु भएको थियो ।

कार्यक्रममा प्रशासन कार्यालय कपिलबस्तुका उपसचिव मेघनाथ पाध्याले तुरुन्तै प्रत्येक कार्यालयमा सुचना अधिकारी तोकर जनतालाइ सुचना उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

जिल्ला बिकास समिती कपिलबस्तुका योजना तथा अनुगमन अधिकृत रामचन्द्र ढकालले सम्बन्धित निकायबाट अधिकार प्रत्यायोजन भइ आएमा र आफुको क्षेत्राधिकार भित्रका सुचना प्रदान गर्ने बताउनुभयो ।

उहाँले यस्ता खालका कार्यक्रममा सम्बन्धित कार्यालय प्रमुख एवं सुचना अधिकारीलाइ अनिवार्य उपस्थिती गराउनुपर्ने र त्यसले मात्र प्रभावकारीता पाउने बताउनुभयो ।

कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा अन्य कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखा सभापति बसन्त गिरीले गर्नुभएको थियो ।

नेपाल सरकारले वि.स. २०६४ भदौ ३ गते हरेक सरकारी तथा सार्वजनिक निकायमा हुने गतिविधिको जानकारी पाउन नैसर्गिक अधिकारीको रुपमा सुचनाको हक सम्बन्धी एन घोषणा गरेको अवसरमा भदौ ३ गते प्रत्येक वर्ष सुचना दिवस मनाईन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..