» » नेपाल सद्भावना पार्टीको ताजा निर्णय यस्तो छ


२०७३ भाद्र १ गते
प्रेस विज्ञप्ति
नेपाल सद्भावना पार्टी केन्द्रिय पदाधिकारी बैठक मिति २०७३ श्रावण ३० गते देखी आज भाद्र १ गतेसम्म पार्टी केन्द्रिय कार्यालय, शान्तिनगर, काठमाण्डौमा संचालन भई सम्पन्न भएकोछ ।

बैठकले देशको वर्तमान राजनीतिक अवस्था अति नै संशयपुर्ण एवं ध्रुविकृत हुँदै गएको विश्लेषण गर्दै निष्कर्ष निकालेको छ । संविधानको प्रारम्भिक मस्यौदा सार्वजनीक हुंदाका बखत देखि नै गत एक वर्ष देखि जारी मधेश आन्दोलनको संबिधान संग सम्बन्धित र राजनीतिक एजेण्डा र मांगहरु नवगठित सरकारद्वारा संबोधन गरिने आश्वासन प्राप्त भएकोछ ।

देशको विगत देखिको अभ्यास र परम्परा अनुसार आश्वासन र सहमति–पत्रमा हस्ताक्षर मात्रले एजेण्डा र मांगहरु सम्बोधन भै हाल्छ भनी विश्वास गर्न सकिने आधार छैन बैठकले यसका बाबजुद पनि यसलाई सकारात्मक पहलको रुपमा लिन सकिने विश्लेषण गरेको छ ।

बैठकले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा÷संघीय गठबन्धन संग नेपाली कांग्रेस र नेकपा (माओबादी केन्द्र) बिच मिति २०७३ श्रावण १९ गते सम्पन्न तीन बु्ँदे सम्झौताले देश र मधेशमा नेपाल सद्भावना पार्टी र अन्य मधेशवादी दलहरु द्वारा बिगत देखी शान्तिपुर्ण र अहिंसक आन्दोलन र संघर्षको माध्यमबाट गरिएको मांगहरुको सत्यता र सान्दर्भिकतालाई एक पटक पुनः पुष्टि गर्दै नेपाली कांग्रेस तथा नेकपा (माओबादी केन्द्र) लाई पनि नैतिक रुपमा एजेण्डा र मांगको समर्थन गर्नको लागि बांधने काम गरेकोलेछ ।

यसलाई आन्दोलनको एउटा सकारात्मक उपलब्धिको रुपमा बैठकले लिएको छ । मधेश आन्दोलनको क्रममा देश तथा मधेशका बिभिन्न भागमा शहादत प्राप्त गरेको ६८ जनाको सूचि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा÷संघीय गठबन्धनले शहिद घोषणा एवं क्षतिपुर्तिका लागि सरकार समक्ष प्रस्तुत गरिनु, वर्तमान सरकार द्वारा त्यसलाई सकारात्मक रुपमा लिने प्रतिबद्धता ब्यक्त गरिनु, आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार, जनधनको क्षतिको क्षतिपुर्ति, आन्दोलनकारीहरु माथि लगाइएका मुद्दा खारेजी, उच्च स्तरिय न्यायिक छानबिन आयोग गठन सम्बन्धि विषय समाधान गर्न सरकार द्वारा देखाइएको तत्परतालाई प्रसंशनिय रुपमा लिदै बैठकले संबिधान संशोधन एवं राजनीतिक विषयहरुको यथाशिघ्र सम्बोधन गर्नको लागि सरकार तथा सम्बन्धित पक्ष संग जेडदार मांग गरेको छ ।

बैठकले स्थानिय निकाय पुर्नसंरचना आयोगले प्रस्तुत गरेको प्रारम्भिक प्रतिबेदनमा बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । बैठकले स्थानिय निकाय पुर्नसंरचनाको सम्बन्धमा सार्वजनिक गरिएको खाकालाई अब्यवहारिक एवं षडयन्त्रमुलक भएको ठहर गर्दै यसलाई संघिय शासनको मर्म तथा भावनाको बिरुद्ध रहेको निष्कर्ष निकालेको छ ।

प्रस्तुत प्रतिबेदनलाई प्रादेशिक जनप्रतिनिधित्व प्रणाली र सरकारलाई असफल बनाउने कुटिल रणनीतिको रुपमा विश्लेषण गर्दै नेपाल सद्भावना पार्टीले यसको घोर बिरोध गर्दै वर्तमान स्थानिय निकायको संरचनाबारेको बहस संघीयता सम्बन्धि बिबाद निरुपण नभएसम्म रोक्ने व्यवस्था गर्न
सरकारसंग मांग गरेको छ  ।

बैठकले पार्टीको छैठौं महाधिवेशन पछिको संगठन सुदृढीकरण रणनीति सम्बन्धि प्रस्ताव समेत पारीत गरेको छ ।
.......................
(मा.डा.डिम्पल झा)
    प्रवक्ता

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..